सोमबार १८ मंसिर २०८०

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृ, त्यु भएको छ भने एकजना बे,प,त्ता रहेका छन् । मृ, त्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बे,प,त्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बे,प,त्ता रहेकामा मीनाको श,व आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बे,प,त्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।


Last Updated on: October 28th, 2021 at 10:58 am
४७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया