
केही दिन अघि ताप्लेजुङमा एक झाक्री कृष्ण घतानिको सर्पले टोकेर मृत्यु भएको थियो । ताप्लेजुङ जिल्लामा मात्र नभै अन्य ठाउँमा समेत चर्चामा रहेका झाक्री बिरामिलाई झारफुक गर्दै आएका थिए । हुनत अहिलेको पुस्ताले धामी झाक्री इत्यादिमा खासै बिश्वास राख्ने गरेको पाइदैन । यसलाई एक अन्धबिश्वास भनेर व्याख्या गर्ने गर्दछन । तर कतिपय अझै पनि धामी झाक्रीमा बिश्वास राखी बिरामी हुदँ झारफुक गर्न पुग्ने गरेका छ्न । धामी झाक्रीहरु पनि आफुमा अदृश्य शक्ति रहेको बताउने गर्छन ।
झाक्री कृष्ण घतानिको सर्पले टोकेर मृ’त्यु भए पछि फेरि अहिले अर्को घटनाले चर्चा पाएको छ । उनको मृ’त्यु सामान्य रुपमा सर्पले टोकेर नभै अन्य झाक्रीले सर्पको बान हानेर मा’रेको भनी थुप्रै झाक्रीहरुले बताउने गरेका थिए । कतिपय धामी झाक्रीले सर्प, मसान इत्यादी खेलाउने गरेको र तिनैले बान हानेर ती झाक्री कृष्ण घतानिको मृ’त्यु भएको बताईएको थियो । अहिले उनको मृ’त्युको बारेमा थुप्रै माता तथा धामिहरुले बा’न हानेर मा’रिएको बताउने गरेका छन ।
सबैले बान हानिएको भनेता पनि कस्ले हानेको हो भन्ने कसैले खुलाउन सकेका छैनन । यसै बिचमा उनका बुवाले भने बाहिर हल्ला भए अनुसार कसैले बान हानेको नभएको बताएका छन । कृष्ण शौचालय गएर आउदा सर्प समातेर आफुलाई टोक्यो भन्दै आएको उनका बुवाले बताएका छन । उनको हातमा टोकेको उनका बाबुको भनाई छ । सर्पले टोके पछि कृष्णले हात बाधेको र मोटरसाइकल चलाएर सर्पको विष झार्ने धामिकोमा गरेको उनले बताएका छन ।
ती धामिकोमा पुग्दा सम्ममा उनको शरीरमा बिष फैलिसकेकोले उनको मृ’त्युु भएको कृष्णका बाबुको भनाई छ । धामिकोमा पुग्ने बित्तिकै मुटु दुख्यो कृष्णले मुटु दुख्यो भनेको पनि उनका बुबाको भनाई छ । ती धामिले सर्पले टोकेको ठाउको बिष झारेको भएता पनि उनको शरिरमा फैली सकेको बिष झार्न नसकेको हुनाले छोराको मृ’त्यु भएको बताएका छन । त्यसैले अहिले बाहिर चर्चामा आए जस्तो कसैले बान हानेर मा’रेको भन्ने कुरा आफुलाई नलागेको भन्दै गलत हल्ला नफैलाउन उनले आग्रह गरेका छन ।
तर केही दिन अघि कृष्णको श्रीमतिले भने झाक्री कृष्ण शौचालय जानुभन्दा अघि आफू जादा केही न भएको तर तुरुन्तै कृष्ण जादा सर्प भेटेको र उनलाई हातमा टोकेको बताएकी थिइन । यदि सर्प नै भए आफुले कसरी नदेख्ने र ? भन्ने उनको प्रश्न थियो । सामान्यतया सर्पले टोक्दा शरीर सुन्निने यात टोकेको ठाउमा सुन्निने गर्छ । तर झाक्री कृष्णको शरीर नसुन्निएको उनकी श्रीमतिले बताएकी थिइन । त्यसैले पनि उनलाई कसैले बान हानेको उनको भनाई थियो । शरीर पुरै हरियो मात्र भएको उनको भनाई रहेको छ । टोकेको सर्पको चेकजाँच गर्ने भनिए पनि अहिलेसम्म कसैले केही नगरेको उनको गुनासो रहेको छ । (भिडियो हेर्नुस)