सोमबार १३ मंसिर २०७८

काठमाडौँ , गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित सडकमा ट्याङ्करले स्कुटरलाई ठ,क्क,र दिँदा एक जनाको मृxत्यु भएको छ भने एकजना घाइते भएका छन्। बा ६३ प ६२०४ नम्बरको स्कुटरलाई बा २ ख १३८ नम्बरको ट्याङकरले मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने ४४ वर्षीय गंगाराज राईको मृxत्यु भएको छ ।

दु,र्घ,ट,नामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृxत्यु भएको हो । साथै दु,र्घ,ट,नामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुस्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्याङकर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विवाह भएको सात वर्षमा पहिलो पटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणको लागि नियमित लगिरहन्थे।

पेटमा ४ वटा शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अप्ठेरो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराउँदा चिकित्सकले पेटमा ३ वटा शिशु रहेको जानकारी दिएका थिए।

तानसेनमा एक महिनाको अन्तरमा दुई पटक र कार्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एक पटक भिडिओ एक्सरे गर्दा तीन वटा बच्चा देखिए पनि मंगलबार अप्रेशन गरेपछि मात्रै चार वटा बच्चा भएको थाहा भएको हो।

गर्भवती भएको सात महिनामै चार वटा शिशु जन्मिएकोले कम तौलका शिशुहरू जन्मिएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। आमाको सफल शल्यक्रिया गरिएको भए पनि सबै शिशुको तौल एक किलोभन्दा अलिकतिमात्र बढी भएकाले सबैको आइसियूमा उपचार भइरहेको गुरुङले जानकारी दिए।

अस्पतालका अनुसार चार वटा शिशुमध्ये एक किलो ६० ग्राम, एक किलो एकसय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राममात्र तौल रहेको छ। सामान्यत: साढे दुई किलोको शिशुलाई सामान्य मानिने गरेकोमा सीताले जन्म दिएका चार वटै शिशु स्वस्थ रहे पनि तौल अत्यन्त कम रहेकोले एनआईसियूमा राखी उपचार गरिएको गुरुङले बताए।

‘शल्यक्रिया गर्ने डाक्टर तारा केसीका अनुसार सबै बच्चाहरू स्वस्थ त छन्, तर पनि तौल कम भएकाले बाहिरी वातावरणमा घुलमिल हुँदा संक्रमण नहोस् भनेर एनआइसियूमा राखिएको हो।

 


Last Updated on: October 28th, 2021 at 1:41 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया