
खोटागंकी सम्झना पुन । उनले २०६८ सालमा गाउँमा घाँस काट्न जाँदा रुख ढ’लेर मेरुदण्डमा लाग्यो ।
PROMOTED CONTENT
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
०७८ जेष्ठ ०३ गते सोमबार, तपाईहरूको राशि अनुसारकाे भाग्यफल यस्तो छ हेर्नुहो…
काठमाडौंको वि एण्ड वि अस्पतालमा उपचार गराइन् । तीन वर्ष अघि सम्म उनी हलचल गर्न पनि सक्दिनथिन् । अहिले शरिर चलाउन भने मिल्छ तर मेरुदण्ड भन्दा तलको भाग भने चल्दैन ।
उनी अहिले ह्वीलचेयरको माध्यममा जिवन चलाइरहेकी छन् ।
घाँस काट्न जाँदा रुखको हाँगा झरेर मेरुदण्डमा लागेको उनले बताइन् । त्यती बेला उनी १९ वर्षकी थिइन् ।
विवाह भएर एउटा सन्तान पनि जन्मिएको थियो । खोटागंमा त्यस्तो भएपछि उनलाई माइतीको आमाले छोरीलाई उपचारको लागि काठमाडौं लिएर आइन् । सुरुमा शिक्षण अस्पतालमा उपचार गराउँदा सम्भव नभएपछि उनलाई विएण्डवी अस्पताल पठाइयो ।
लामो उपचार गर्दा झण्डै २२ लाख खर्च लागेको बताइन् ।
आफुलाई त्यस्तो हुँदा श्रीमान मलेसियामा थिए । दुर्घटना हुँदा मलेसियामा भएका श्रीमान अहिले झन टाढीएका छन् । दुर्घटना भएपछि श्रीमानले चटक्कै छोडिदिए ।
दुर्घटना हुनुअघि सम्म राम्रै सम्बन्ध भएका श्रीमानले दुर्घटना पछि एक महिना सम्म पाँच, दश हजार रुपैया पठाउँथे त्यसपछि उनी सम्पर्क विहिन भए ।
अहिले ६८ साल देखि यता श्रीमानलाई देखेकी पनि छैनन् ।
शौचालय समेत जान अप्ठेरो पर्ने बेलामा श्रीमानले पनि साथ छोडिदिएपछि अहिले उनको बिचल्ली भएको छ । श्रीमानले मात्र होइन त्यो दुर्घटना पछि श्रीमानको परिवारसंग पनि सम्पर्क नभएको र कसैले सहयोग नगरेको बताएकी छन् ।
दुर्घटना हुँदा जन्मिसकेको थिए एक सन्तान उनले नै अलिअलि सहयोग गर्ने गरेका छन् ।
छोराको कति रहर होला, त्यो पुरा गर्न सक्दिन उनले रुँदै भनिन्, मेरो औषधि खर्चमा ठूलो रकम खर्च हुन्छ, त्यसैले श्रीमानले पनि छोडे परिवारका सदस्यले पनि हेर्दैनन् ।
कहिले खानै नपुग्ने अवस्था आउँदा माइतीको आमाबुवाले खानेकुरा ल्याइदिने गरेको बताइन् ।
त्यसरी वेवास्ता गर्ने श्रीमानले उनलाई आफुलाई नहेरे पनि छोरालाई हेरिदिन आग्रह गरिन् । मैले त केही गर्न सक्दिन, मेरो माया नलागेपछि छोरालाई हेरिदिए हुन्थ्यो, उनले भनिन् ।