सोमबार १८ मंसिर २०८०

काठमाडौ । सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी हुन् गायीका मधु क्षेत्री । कैलालीकी उनी सो गीतवाट निकै चर्चित भइन् । सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् ।

२०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी । तर उनी सफल हुन सकेकी थिइनन् । तर यो गीतले उनलाई धेरै माझ चिनायो । उनी जति चर्चित भइन् उनको जिवनको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ । उनी एक्लै छोरी हुर्काएकी छन् । १५ वर्षकी छोरी छन् । वैवाहिक जिवन असफल भएपछि उनको संघर्ष सुरु भएको हो ।

तर अहिले उनै मधुले आफु प्रेममा रहेको कुरा स्वीकार गरेकी छन् । तर उनले जसलाई प्रेम गर्छिन उनीसंग प्रत्यक्ष भेट भने भएको छैन । प्रेमीको परिवार र आफ्नो परिवारबीच कुराकानी हुने गरेको उनले बताएकी छन् । मलाई उहाँको परिवार पनि आफ्नै बुवा आमा जस्तै लाग्छ उहाँहरुले मलाई निकै माया गर्नुहुन्छ, मधुले भनिन् तर विवाहका बारेमा भने अहिले कुनै योजना बनाएका छैनौं ।


Last Updated on: October 28th, 2021 at 7:26 pm
४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया