सोमबार १८ मंसिर २०८०

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खा’यो, कोहीलाई मा’ र्यो । कुखुरा नष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् ।

खोरको जाली च्या’ ते र भित्र छिरेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो ।

खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दैगरेको कोदो छ । खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो । बाख्रा बचाउन स्थानीयले चितुवा धपाउँदै जाँदैगर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका– ८ निवासी राजन पाईजा हुनुहुन्थ्यो ।

चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्नभयो । चितुवाले आ’ क्र’ म’ ण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल हुनु भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते ।

चितुवा नि’य’न्त्रण’मा लिनेबेला पाईजाको खुट्टामा सामान्य चोप लागे छ । पछिल्लो खुट्टाको भागले को’तर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताउनुभयो । ‘भाग्यले ठूलो क्षति हुन पाएन’ उहाँले भन्नुभयो– ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ ग’ र्घ’ न’ मा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।

‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झ’ म्ट’ न्थ्यो’ उहाँले भन्नुभयो– ‘समातेर ल’ डा’ ए’ पछि सबैजना आएर क’ क्र्र’ क्कै बनायौँ । नियन्त्रणमा लिए पछि चार खुट्टा बाँ’धे’र तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ । गोरखापत्र बाट


Last Updated on: October 28th, 2021 at 8:19 pm
५६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया