
भारतको जम्मू कश्मीरको डोडा जिल्लामा बिहीबार एउटा मिनी बस खाडलमा ठो क्कि ए र भएको दुर्घटनामा नौ यात्रुको मृ, त्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
डोडाबाट जाँदै गरेको बस सुई गौरी क्षेत्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।आठ जनाको घटनास्थलमै मृ, त्यु भएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृ, त्यु भएको थियो ।
प्रहरीका अनुसार घाइते मध्ये सात जनालाई उपचारको लागि जम्मूको सरकारी मेडिकल कलेज (जीएमसी) अस्पतालमा लगिएको थियो भने अन्यलाई डोडाको सरकारी अस्पतालमा भर्ना गरिएको थियो।
सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अ’पाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएको गुनासो आइरहेका थिए ।
बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न, नेपाल
राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए ।