
दर्पण छायाँ * माहाकाली नदीमा बुधबार डुंगा प’ल्टिँ’दा मृत्यु भएकी १२ वर्षीया मीना साउँदको भारतै अन्तेष्टी गरिएको छ। शिवनाथ गाउँपालिका १ घर भएका चक्रसिंह साउँदकी छोरी मीनाको महाकाली डुं’गा प’ल्टिँ’दा मृत्यु भएको थियो। महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको आज भारतमै आफन्तले अन्तेष्टी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
यस्तै शिवनाथ– १ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेकाे प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
महाकाली नदीस्थित शिवनाथ– १ खाँड’घाटमा बुधबार साँझ १० जना सवार डुंगा दुर्घटनामा परेको हो । दु’र्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मी’नाको श’व आज बिहान ७:३० बजे म’हाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । डुंगामा सवार अन्य आठजना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुंगाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अ’पाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएको गुनासो आइरहेका थिए ।
बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न, नेपाल
राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए ।