
छोराछोरीको माया कुन आमालाई नहोला र ? अहिले आफ्नो छोरा हराएको भन्दै खोजी गर्नका लागि वैदेशिक रोजगारीमा दुबै पुगेकी तनहुँकि निर्मला राई नेपाला फर्किएर मिडियासामु आएकी छिन । घरकै दु’खले गर्दा केही गरि कमाएर छोराछोरी पढाउने हुर्काउने सपना बोकेर अर्काको देश पुगेकी निर्मला अहिले नेपाल फर्किएकि छिन । छोराछोरी बहिनिको जिम्मामा छोडेर उनी बिदेश गएकी थिइन । तर अहिले उनका १६ वर्षका छोरा करुण राई कुलतमा लागेर हराएकोले खोजी गरिदिन आग्रह गरेकी छिन ।
तनहुँ घर भएकी निर्मला अरुकै घरमा बस्दै आएको बताउछिन । श्रीमानको केही नभएर अरुकैमा बसेकोले घरको दुख कै कारण आफू बिदेश जान बाध्य भएको उनको भनाई छ । श्रीमान पनि वैदेशिक रोजगारीमा मलेसिया गए पनि उतै बाट कुलतमा लागेर बिग्रेर आए पछि आफुलाई कुटपिट गर्ने गर्न थालेको उनको भनाई छ । श्रीमान नै त्यस्तो भए पछि घरमा खान लाउन नै नसक्ने अवस्था आएर आफू बिदेश जानू परेको उनको भनाई छ । तर श्रीमान त कुलतमा फसेर दुख दिए नै अहिले छोरा पनि त्यस्तै भएर हराए पछि आफू मर्न मात्र नसकेको उनको भनाई छ ।
करुण ललितपुर बाट हराएको उनको भनाई छ । छोराले गाजाँ लगाएतका लागू पदार्थ सेवन गर्न थालेको थाहा पाएर आफुले धेरै सम्झाउने गरेको उनको भनाई छ । तर उनी लागू पदार्थ सेवन गरि सधै बेहोसीमा बस्ने गरेको उनको भनाइ छ । बेहोसी मै आफुलाई समीर घिसिङ बताउने गरेको आफुले सुनेको उनको भनाई छ । छोराले आफैलाई समीर घिसिङ बताउनुको कारण भने र्याप गायक भिटेनको फ्यान भएको उनले बताईन । उनि आफू भिटेको फ्यान भएको भन्दै भिटेन भएकै ठाउमाँ लगिदिनु भन्दै सानिआमालाइ भन्ने गरेको उनको भनाई छ ।
सधै भिटेकै गित सुनेर बस्ने गरेको उनको भनाई छ । निर्मला भने करिव ६ वर्ष देखि दुबै बस्दै आएकी थिइन । छोरासगँ भेट नभएको ४ वर्ष भएको उनको भनाई छ । छोरासगँ नबोली आफू कुनै दिन पनि बस्न नसकेको भन्दै अहिले हराउदां आफुले आफुलाई सम्हाल्न नसकेको उनी बताउँछिन । श्रीमानबाट पनि कुनै साथ नपाएर बिदेश गएर छोरालाई पढाएर केही गर्ने बनाउन सकिन्छ कि भन्ने सपना बोकेर आफू बिदेश गएको उनको भनाई छ । तर छोरा पनि कुलतमा फसेर अहिले हराए पछि आफुले कुनै दिन आँसु थाम्न नसकेको उनी बताउँछिन ।
ललितपुरमा बहिनी ज्वाइँ सग पढाउन राखेर आफू बिदेश गएको उनको भनाई छ । त्यहिबाट हराए पछि अहिले आफुले काठमाडौ भ्यालि सबै खोजी सकेको उनले बताईन । आफू दुबै बाट फर्किए पछि एक दिन पनि घरमा नबसी छोरा खोज्न मै दिन बिताएको उनको भनाई छ । आफुले प्रहरीमा पनि सबै तिर खबर गरेको बताएकी छिन । साथै काठमाडौ भ्यालीका सबै चोक, बजार, गल्लि तिर उनको फोटो सहित हराएको भन्ने पर्चा पनि टास्दै हिडेको उनले बताएकी छिन । (भिडियो हेर्नुस)