शुक्रबार १९ जेठ २०८०

काठमाडौ । नेपालमा पनि महामारीका रुपमा फैलिएको समयमा पछिल्लो दिनमा भने खुसीको समाचार आउन थालेको छ । संक्रमित भएकाहरु ठूलो संख्याले कोरोना जितेका छन् । शनिवार मात्र शनिबार ५ हजार ४ सय ५५ जनाले कोरोना जितेका छन् । यो एकै दिन कोरोना जित्नेको संख्या ठूलो हो ।

यसले अब विस्तारै कोरोना जित्नेहरुको संख्या बढ्दै जाने सुखद संकेत यसले गरेको छ । शनिवार पछिल्लो २४ घन्टामा ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १८ हजार ५ सय ४८ नमुना परीक्षणमा ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै नेपालमा सक्रिय संक्रमित १ लाख ९७ हजार ७४० पुगेको छ।

SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Lose More Than 15 Kg Of Weight With This Treatment
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनामुक्त हुने संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरसवाट १ सय ८७ जनाको निधन भएको छ। यो सँगै नेपालमा कोरोनाले ४ हजार ८ सय ५६ जनाले ज्यान गुमाइसकेका छन्। आज देशभर ६ सय ७५ क्वारेन्टाइनमा छन ।

सबैभन्दा धेरै महामारी फैलिएको भारतमा पनि कोरोना जित्नेको संख्या बढ्दै गएको भन्दै स्वास्थ्यकर्मीहरुले खुसी ब्यक्त गरेका छन् । भारतमा संक्रमित हुनेको संख्या शनिवार निकै घटेको छ । शनिवार १ लाख ८ हजार ८११ जना संक्रमित थपिएका छन् ।

दुई दिन अघि सम्म साढे ३ लाख संक्रमित हुने गरको थिए । भारतीय मिडियाका अनुसार दैनिक भा इ रल पुष्टि हुनेको संख्या घट्न थालेको छ भने निको हुनेको संख्या संक्रमितको भन्दा बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार निको भएर घर फर्कनेको संख्या संक्रमित हुनेको भन्दा धेरै छ ।

शुक्रवारको तथ्याकंले पनि थपिने भन्दा अस्पतालवाट निको भएर घर फर्कनेको संख्या अत्याधिक छ । शुक्रबार तीन लाख ४४ हजारभन्दा धेरै भाइरसबाट मुक्त भएका छन्। सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेकोभन्दा कम हुनुलाई रोगको दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१।१६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो।


Last Updated on: May 17th, 2021 at 1:00 am
५४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया