शुक्रबार १९ जेठ २०८०

DV परि अमेरिका गएका ,अस्ट्रेलिया PR पाई बस्ने ले होइन, खाडी मुलुक मा पसिना बगाई मेहनत गर्ने श्रमिक ले पठाएका हुन ५६० थान अक्सिजन सिलिण्डर !
May 16, 2021 Admin AdminसमाचारNo Commenton DV परि अमेरिका गएका ,अस्ट्रेलिया PR पाई बस्ने ले होइन, खाडी मुलुक मा पसिना बगाई मेहनत गर्ने श्रमिक ले पठाएका हुन ५६० थान अक्सिजन सिलिण्डर !
काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कट बाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा पराजुलीले भन्नुभयो, ‘देशमा स’मस्या पर्दा हामी चुप लागेर बस्ने कुरा भएन, ओमानमा रहेको नेपाली ‘सोसल क्बल’ र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनु भयो र ४/५ दिनकै पहलमा हामीले सिलिन्डर नेपाल पठाउन सफल भयौँ ।’

राजदूत पराजुलीले खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद पनि दिनु भएको छ । थप के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको पनि उहाँले बताउनु भयाे । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्या’न गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।


Last Updated on: May 17th, 2021 at 1:29 am
११६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया