आइतबार ०७ आश्विन २०८०

बिराटनगरमा निषेधाज्ञाको अवज्ञा भएको समाचार आएपछि प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । प्रहरीले निशेधाज्ञाको समयमा पसल खोलेको भन्दै विराटनगरमा व्यापारीको ढाडमा सुम्ला उठाएको छ । ट्राफिक चौकस्थित झापाली किराना स्टोर एन्ड जानकी बेकरी पसल प्रहरी पुग्दा खुलै पाइएको थियो । वडा प्रहरी कार्यालयको प्रहरी टोलीले आइतबार बिहान त्यस पसलमा भेटिएका दुई जनालाई कु टे को हो ।

पसलमा बसेका २७ वर्षिय मनिस कुमार साह र २९ वर्षिय सोनु कुमार साह सामान्य घाईते भएका छन् । उनीहरुको जिउमा लठ्ठीको सुम्ला बसेको छ । उनीहरुले आफुले गल्ती गरेको भए कानुन अनुसार कारबाही गर्नु पर्नेमा कु ट पि ट गरिएको दाबी गरे । आफुहरु डिडिसि दुधको आधिकारिक बिक्रेता भएकाले नियम अनुसार आफ्नो पसल खोल्न मिल्ने उनीहरुको दाबी छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरगंका प्रवक्ता मान बहादुर राईले भने, प्रहरीले कुनै रिसिईबिले कु टे को होइन । निषेधाज्ञा अवज्ञा गर्नेहरुलाई कारबाहि गरेको हो । राइका अनुसार अब मोरगंमा निषेधाज्ञा पालनालाई थप कडा बनाईएको छ ।


Last Updated on: May 17th, 2021 at 11:48 am
१०७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया