
ललितपुरको मलपोखरीमा ठूलो संख्यामा सिलिण्डर फेला परेपछि प्रहरीको टोली पुगेका छन् । भिडियोमा हेर्दा वार लगाएर लाइनमा राखेको देखिन्छ । अहिले अस्पतालमा अक्सिजन नपाएर विरामी छटपटाएका छन् । उनीहरुका लागि विदेशवाट समेत नेपालीले आफ्नो छा क घटाएर जम्मा पारेको पैसाले अक्सिजन पठाएका छन् । घर घरमा भएका अक्सिजन पनि सरकारलाई दिन सरकारले आग्रह गरेको छ । यस्तो अवस्थामा ठूलो संख्यामा अक्सिजन सिलिण्डर फेला पारेपछि प्रहरी त्यहाँ गएको छ ।
तर ति सिलिण्डर प्रयोग गर्न मिल्ने खालका हुन् की होइनन् भन्ने परिक्षण हुन बाँकी छ । स्थानियबासीन्दाका अनुसार धेरै समय देखि अक्सिजन सिलिण्डरहरु त्यहाँ रहेको बताएका छन् । माटोमा अलपत्र पारेर राखेका सिलिण्डरहरु केही खिया लागेको देखिन्छ । खिया लागेको सिलिण्डर भने पड्कने ड र हुने त्यहाँ सहभागी जानकारले बताएको भिडियोमा सुनिन्छ । तर केही हेर्दा भने बाहिरवाट राम्रै देखिन्छ ।
नोजल फेरेर ९क्लोरिन सिलिण्डर० भएकाले क्लोरिल सफा गर्नुपर्ने र त्यसपछि मात्र परिक्षण गर्नुपर्ने बताएका छन् । जानकारहरुले यि सबै प्रयोग गर्न मिल्ने बनाउन सकिने बताएका छन् । पानी सफा गर्न क्लोरिन ग्यासको सिलिण्डर भएका कारण क्लोरिनले स्वास्थ्यलाई असर गर्ने बताएका छन् । सोडाले सफा गरेर पानीले पनि सफा गरेर त्यसलाई पुन प्रयोग गर्नुपर्ने जानकारले बताएका छन् ।