बुधबार १० आश्विन २०८०

काठमाण्डाै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितका ह’त्यारा पत्ता लगाउन माग गर्नुभएको छ । मदन आश्रित स्मृति दिवसको सन्दर्भमा श्रद्धाञ्जली दिँदै नेता नेपालले दासढुंगा जीप दु’र्घटनामा निधन भएको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआउनु दु:खद् भएकाे भन्दै यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको हो ।

उहाँले घटनासँग जोडिएका अमर लामाको रहस्यमय ह’त्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको पनि बताउनुभएको छ । जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो रहेको नेपालको भनाइ छ ।

मदन भण्डारीले देखाएको बाटो हिँड्नको लागि एकताबद्ध, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको बताउँदै नेता नेपालले फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै जिम्मेवार भएर क्रान्तिलाई अघि लैजान सके मात्रै उहाँप्रतिको सम्मान हुने बताउनुभएको छ ।


Last Updated on: May 17th, 2021 at 7:14 pm
४६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया