मंगलबार १२ आश्विन २०७८

सागर भण्डारी, गाउँपालिकामा कहीँ कतै कोरोनाले मान्छेको निधन भयो भने त्यसको शव व्यवस्थापन गर्न र गाडीमा ओसार पसार गर्न मान्छे डराउँछन् । कतिपय ठाउँमा २/३ दिन सम्म कोरोना सक्रंमितको शव नउठेको पनि खबरहरु सुनिन्छन् ।

तर बाग्लुङको बडिगाड गाउँपालिकाका राजन पाईजा यो काममा अगाडी सर्छन् । शव कतैबाट लिएर आउन परे वा कतै लैजान परे सबैले पहिलो उनको अनुहारमा हेर्छन् । पाईजा गाउँपालिकाका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति हैनन् न कि कुनै अभियान्ता । तर उनले विगत लामो समय देखि यसक्षेत्रमा निस्वार्थ सहयोग र सेवा गर्दै आईरहेका छन् ।

हरेक परिस्थितिमा हरेक वि’पतीको सामना गर्न र गाउँबासीको जीवनरक्षा’का लागि अ’होरा’त्र लागि पर्ने उनको सेवा भाव देखेर सबै गाउँले नै अचम्म मान्छन् । स्थानीय कमल खरेल भन्छन् : उहाँलाई थकान र पीडाको अनुभुत नै छैन् आफु भित्रका पीडा लुकाएर भएपनि सधै गाउँबासीको सेवामा लागि पर्नुहुन्छ । यतिसम्मकी राति जतिबेला पनि कसैले केही समस्या पर्यो भनेर फोन गरे उहाँ जुरुक्कै उठेर सहयोगमा उ’त्रि’नुहुन्छ ।

गाउँबासीको सेवा र सहयोग गरेकै कारण यति माया पाएका पाईजा गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाका छोरा हुन् । उनले आफु अध्यक्षको छोरा भएको हैसियतले भन्दा पनि गाउँका विपत्तिमा सबै गाउँबासीलाई नै परिवार सम्झेर सहयोग गर्छन । कोरोना सक्रंमणको बेलामा गाउँपालिकाको स्वास्थ्य शाखासगं दिनरात खटेर गाउँगाउँमा पुगेर स्वाव सकंलन, क्वारेन्टाईन व्यवस्थापन, आईसुलेसन व्यवस्थापन र राहत वितरणमा समेत उनी उत्तिकै सक्रिय रहे ।

मलाई कुनै पद या प्रतिष्ठा भन्दा पनि आफ्ना नागरिकको सेवामा खटिन पाउँदा आनन्द मिल्छ । गाउँमा अहिले त युवा पनि छैनन् सबै युवा वर्ग विदेशमा छन् कति वसाईँसराई गरेर बाहिर गईसके । हामीले नगरे कसले गर्ने उनले भने ।

पाईजा सामाजिक काममा सक्रिय भएको देखेर गाउँपालिकाका कर्मचारी समेत छक्क पर्छन् । गाउँपालिकामा कार्यरत कर्मचारी बुद्ध पाण्डे भन्छन् : राजन दाईको सेवा भक्ति देखेर हामीलाई नै आश्चर्य लाग्छ । कतिबेला कहाँ के हुन्छ,जहाँ पनि भै’परिमा अगाडी सरेर सेवा र उद्धारमा लाग्ने मान्छे प्राय उहाँ बाहेक कम नै छन् ।

गाउँबासीको दु:खको सहारा बनेका उनी जस्तोसुकै परिस्थितिलाई पनि सामना गरि सेवा भावमा उत्रिन्छन् । केही दिन अगाडी कोरोना सक्रंमितको श’व कसैले उठाउन नमानेपछि उनले आफैले ना गों हातले उठाएर बाग्लुङबाट ल्याएका थिए ।

त्यस्तै उनले अक्सिजन आफनो बाईकमा बोकेर विरामीको घरघरमा पुर्याउँछन् । अहिले कोरोनाको नयाँ भेरियन्ट अलि जटिल प्रकारको छ प्राय विरामीहरु घरमै आईसोलेसनमा हुनुहुन्छ,कतिपयले एक्कासी स्वास फेर्न गाह्रो भो भनेर भन्नुहुन्छ अनि बाईकमै अक्सिजन र आवश्यक सामाग्री बोकेर दुगुरिहाल्नुपर्छ उनी भन्छन् ।

२०४२ सालमा जन्मिएका पाईजा सानोमा भने खेलकुदमा औद्यी रुची राख्थे । अध्ययन भन्दा पनि खेलकुद नै प्राथमिकता मानेका उनलाई खेलकुदले नै सफलता पनि दिलायो । अहिले उनी राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित छन् ।

उनी करातेका खेलाडी हुन् । विभिन्न सघंसंस्थामा आबद्ध रहेका उनले हाल बडिगाड गाउँपालिकामा बडिगाड कराते डोजो नामक संस्था खोलि यस क्षेत्रका स्थानीयलाई कराते खेल सिकाउँछन् । उनी यस संस्थाको अध्यक्ष समेत हुन् ।


Last Updated on: May 17th, 2021 at 7:19 pm
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया