शुक्रबार १५ मंसिर २०८०

काठमाडौं – देशभर कोरोना संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।

२१ हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार १ सय ९८ र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अब सक्रिय संक्रमित १ लाख १३ हजार ४ सय ८० पुगेका छन्। जसमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार १ हजार २ सय ५९ जना आइसियु र ४ सय जना भेन्टिलेटरमा उपचाररत छन्। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो केही दिनयता संक्रमण र मृत्युदर घट्दै गएकोमा परीक्षण थोरै बढाउने वित्तिकै संक्रमण र मृत्युदर दुवै उकालो लागेको हो। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुने व्यक्तिको सङ्ख्या बढिरहँदा नेपालमा “जनस्वास्थ्य विपद्‌” अवस्था घोषणा गर्नुपर्नेबारे बेलाबेला चर्चा हुने गरेको छ। एकथरीले त्यो घोषणा गरिए कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा सरकारले चालेका वा चाल्ने कदम प्रभावकारी हुने बताउने गरेका छन् भने अर्कोथरीले त्यसको आवश्यकता नरहेको तर्क गर्ने गरेका छन्।

नेपालमा केही सातायता सङ्क्रमितहरू बढिरहँदा बिरामीहरूलाई अक्सिजनदेखि अस्पतालमा शय्यासम्म उपलब्ध गराउन हम्मेहम्मे भइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कका अनुसार पछिल्लो समय दैनिक औसतमा आठ हजार सङ्क्रमित थपिने गरेका छन् भने १०० जनाभन्दा बढीको मृत्यु पुष्टि हुने गरेको छ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ मा उल्लेख गरिएअनुसार सङ्क्रामक रोगको महामारी, कीट, सूक्ष्म जीवाणु आतङ्क, आकस्मिक वा अप्रत्याशित कारणबाट विपद्‌को अवस्था सिर्जना भएमा नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले आवश्यक आदेश जारी गरी जनस्वास्थ्य विपद्‌ अवस्था घोषणा गर्न सक्नेछ।


Last Updated on: May 17th, 2021 at 7:22 pm
१०४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया