
काठमाडौं
चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको श’व आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको को’भिड १९ का कारण मृ’त्यु भएको थियो ।
दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृ’त्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चि’हान खोज्दै हिँडेका थिए ।
उनले भने,म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दा’हसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको श’व बोकेर लैजाने फैसला लिएँ ।
उनले भने, ‘मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो । उनको मृ’त्युपछि श’वलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ श’वलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।’