बिहिबार ११ आश्विन २०८०

काठमाडौ । नेपालीमा एउटा भनाई छ । सास रहँदा सम्म आश रहन्छ । अहिले संक्रमितलाई बचाउन उनीहरुका परिवारले गरेको संघर्षले यस्तै पुष्टि गर्छ । दुख त त्यती बेला हुन्छ लाखौं रुपैया खर्च गरेर पनि आफन्तलाई बचाउन सकिदैन । एकातिर आफन्त गुमाउनुको पीडा हुन्छ भने अर्को तिर ठूलो आर्थिक समस्या ।

दाङ तुल्सीपुर ६ का एक परिवारले त्यस्तै समस्या भोग्नुपरेको छ । ५२ वर्षीय एक पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि उनलाई हेलिकप्टर मार्फत उपचारका लागि पोखरा लगिएको थियो । तर पोखरामा उपचारका लागि अस्पताल भर्ना गरेको एक सातामा संक्रमितको मृत्यु भयो । फेरी उनको शव घर लैजान ७० हजार भन्दा बढी लाग्यो ।

एकातिर विरामीलाई बचाउन उनका परिवारले गरेको हैरानी वयान गरी साध्य छैन भने अर्को तिर आर्थिक समस्याको त कुरा नै उठ्दैन । सल्यान समेत घर भएका ति पुरुष वैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानै स्वास्थ्य समस्या देखिपछि दाङ झरेका उनलाई सुरुमा पिसिआर गर्दा नेगेटिभ रिपोर्ट आयो । परिवारका सदस्य ढुक्क भए ।

तर अचानक उनको स्वास्थ्यमा थप खराबी आउँदै सास फेर्न समेत कठिन भएपछि उनको उपचार गरिरहेको अस्पताल घोराहीको राप्ती लाइफकेयर अस्पतालले भेन्टिलेटर भएको अस्पताल लैजानु भनेर रेफर गर्यो । साढे ५ लाख रुपैया चार्ज तिरेर उनीहरुले हेलिकप्टरवाट पोखरा लगे । एक साता उपचारमा त्यती धै धेरै पैसा खर्च भयो ।

तर उनलाई बचाउन चिकित्सकहरु असमर्थ भए । दाङवाट नै रेफर गर्दा उनको फोक्सोमा समस्या आइसकेको थियो । वैशाख २३ गते दिन उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीले भने, ‘फोक्सोमा पनि समस्या देखियो । अब भेन्टिलेटर भएको अस्पताल खोज्नुस् ।

यहाँ थप उपचार गर्न सकिँदैन ।’ हेलिकप्टरमा पोखरास्थित ग्यालेक्सी अस्पतालमा उपचार हुँदै गर्दा उनको रिपोर्ट पनि पोजेटिभ आयो अनि एक सातामा उनले संसार छोडे । उनको उपचारमामात्रै परिवारको १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको आफन्तले बताएका छन् । फोटो फाईल


Last Updated on: May 18th, 2021 at 12:23 am
८६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया