
एजेन्सी । बलीउडमा जोडी कतिबेला कोसंग कस्को बन्छ र कतिबेला त्यो जोडी टुट्छ भन्ने कुरा कसैलाई पत्तो नै हुँदैन । जोडी त अलि परको कुरा हो प्रेमी प्रेमीका बीचको जोडीको त झनै के कुरा गर्नु र रु मानौं कि बलीउडमा वास्तविकत प्रेम गर्नकोलागी कसैसंग पनि साँचो मुटु नै छैन ।
बलीउड कलाकारहरुको प्रेम मानौं कि बजारको बस्तुको भाउ जस्तै हो । प्रेमलाई बजारी भाउ जस्तै बनाएका थिए अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोईरालाले पनि । यी दुई कलाकार बीचको समबन्धको बारेमा सबैलाई थाहा भएकै कुरा हो । सन् १९९६ मा निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र अभिनेत्री मनीषा कोइरालालाई लिएर फिल्म ‘अग्निसाक्षी’ बनाइरहेका थिए ।
SUGGESTED NEWS
Mgid
Mgid
Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
यही फिल्मको सुटिङका दौरान नाना र मनीषाबीच अफेयरको चर्चा चल्न सुरु भयो । एबीपी लाइभका अनुसार नानासँग मनीषा नजिकिन थालेपछि मनीषले कोही पनि युवती नानासँग घुलमिल नहुन भन्ने चाहेकी थिइन् । तर उनले चाहे जस्तो भइदिएन । एकदिन फिल्मको नाइट सुटिङ भइरहेको थियो । त्यही बेला मनीषाले नानाको मेकअप रुममा अभिनेत्री आयशा जुल्कालाई देखिन् ।
आयशालाई नानाको मेकअप रुममा देखेपछि मनीषाले आफ्नो रि सलाई थाम्न सकिनन् र आयशासँग झ ग डा गर्न थालिन् । जब मनीषा आयशामाथि रि स पोख्न थालिन्, आयशालाई पनि यो कुराले चित्त बुझेन । मनीषा र आयशाको झ ग डा हात हा ला हा लको अवस्थासम्म आइपुग्ने देखेपछि नानाले दुवै अभिनेत्रीलाई हात जोडेर सम्झाए ।
यो घ ट नापछि मनीषा असुरक्षित महशुस गरिन् र नानालाई विवाह गर्नका लागि दबाब दिन थालिन् । नाना पहिलेदेखि नै विवाहित थिए र उनी श्रीमतिलाई छोड्न तयार थिएनन् । यही विषयले मनीषा रि सा इ न् र उनले नानासँग अलग्गिने निर्णय लिइन् ।
मनीषाले नानासँग अलग्गिने निर्णय लिएको केही दिनपछि नै उनले नाना कोही युवतीसँग लिभ इन रिलेसनमा रहेको थाहा पाइन् । ती युवती अरु कोही नभई आयशा नै भएको कुरा बाहीयो । त्यसपछि मनिषालाई आफुले नानालाई छोडेको विषयमा अलिकति पनि पश्चताप नभएको कुरा उनले एक अन्तरवार्तामा बताएकी थिईन् ।