
आफ्नो समयमा अहिलेका नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका अघिल्लो पुस्ताका अभिनेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् र चिन्दैनन् पनि हाेला ।
उनीहरु प्राय सबैजसो नै चलचित्र क्षेत्रबाट पलाइन भईसकेका छन् । फलस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्शकहरुले पनि बिर्सदै गएका छन् ।
पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छन् भने नयाँ पुस्ताको सोझो जवाफ अाउछ – आँचल शर्मा, केकी अधिकारी,प्रियंका कार्की, स्वस्तिमा खड्का अादि इत्यादि ।
हाल यो चलन कम देखिए पनि एक ताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै नै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो ।
करिष्मा मानन्धर, गौरी मल्ल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् ।
आज हामी तपाईंहरू समक्ष तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्यको सपना सजाएर सधैंका लागि अमेरिका उडे ।