शुक्रबार १५ मंसिर २०८०

सल्यूट ! उपमेयर सरकारी गाडी एम्बुलेन्स बनाउन दिएर आफू पैदल नै कार्यालयमा अहोरात्र
May 18, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । कोहलपुर नपालिकाका (उपमेयर) उप–प्रमुख सन्जु कुमारी थारुले आफूले प्रयोग गरिरहेको भे २ झ २३१ नम्बरको सरकारी गाडी नगर बिपदको समयमा नगरबासी र स्वास्थकर्मीहरुको सहजताका लागि नगर स्वास्थ्यलाई जिम्मा लगाउनुभएको छ।चिकित्सकीय परामर्श सेवालाइ प्रभावकारी बनाउन एम्बुलेन्स सेवा, स्वास्थ्य सामाग्री वसारपसार लगायत महामारी विरुद्धको लडाइमा उपयोग गर्न सम्बन्धित स्वास्थ्यका पदाधिकारीहरुलाई अनुरोध गर्नुभएको छ।

उहाँ कार्यालय नजिकै भएकाले पैदल नै आउने जाने गर्नुहुन्छ । नागरिकको सुरक्षामा उहाँ अहोरात्र खटिनुभएको छ । उहाँको प्रसंशामा अहिले देशभरी सम्मान व्यक्त भइरहेको छ । यो सन्देश यत्रतत्र सेयर भइरहेको छ ।

नेपालकै पहिलो राजमार्गका रूपमा रहेको हुलाकी सडक कालोपत्र हुँदै

नेपालकै पहिलो राजमार्गका रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्र शुरु गरिएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र शुरु भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

सिरहा नगरपालिका–१९ देखि औरही गाउँपालिका–४ लवटोलियासम्मको करीब पाँच किलोमिटर सडक कालोपत्र सकिएको सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी कम्पनिका कन्ट्याक्ट म्यानेजर शशिकुमार यादवले जानकारी दिनुभयो । अन्य सडकखण्डमा समेत तीव्र रुपमा कालोपत्र भइरहेको जनाइएको छ ।दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको कम्पनीका म्यानेजर यादवले बताउनुभयो ।

मधेशकै लाइफलाइनका रुपमा मानिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनाका साथै हजारौँ युवामा रोजगारीको अवसर सृजना हुने स्थानीयवासीको विश्वास छ ।हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।

यस्तै पूर्वराजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब १८ किलोमिटर सडक कालोपत्र गरिसकिएको निर्माण कम्पनि रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो ।बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताउनुभयो ।

करीब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ ।विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको कन्ट्याक्ट म्यानेजर यादवको कथन छ


Last Updated on: May 18th, 2021 at 12:00 pm
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया