मंगलबार १२ मंसिर २०८०

काठमाडौ । नेपालमा संक्रमितले उपचार र अक्सिजन नपाएर ज्यान गुमाएका खबर सार्वजनिक भएसंगै विदेशमा वस्ने नेपालीहरु जागेका छन् । विभिन्न मुलुकवाट अक्सिजन सिलिण्डर जम्मा पारेर नेपालीले पठाएका छन् । नेपालका संक्रमितका लागि हङकङवासी एक नेपालीले भने एक्लैले डेढ करोड रुपैयाँ जम्मा गरेर सहयोग पठाएका छन् ।

पर्वत जिल्ला घर भएका आपुन एचके (भोटे) एक्लैले यति धेरै रकम जम्मा गरेका हुन् । उनले नेपालीहरुका लागि हङकङ डलर १० लाख ५ हजार (१,५१, ३४, ०३१ रुपैयाँ) सहयोग जम्मा गरेका हुन् । आफ्ना रोजगारदाता रियल स्टेट व्यापारी प्याट्रिक सेक एक्लैबाट उनले त्यति धेरै सहयोग रकम प्राप्त गरेको बताएका छन् ।

प्राप्त सहयोग रकममध्ये परोपकारी संस्था सावर एक्सनमार्फत संक्रमित नेपालीका लागि ५ सय थान अक्सिजन सिलिन्डर र अत्यावश्यक अन्य सामग्री खरिदमा खर्च गरिने आपुन एचकेले नेपालखबरलाई जानकारी दिए।


Last Updated on: May 18th, 2021 at 12:05 pm
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया