बुधबार २० मंसिर २०८०

महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। दुई दाजुभाई संगै जन्मिए । उनीहरुले जिवन पनि संगै विताए अनि यो संसार पनि संगै छोडे । जुम्ल्याहा जन्मिएका दाजुभाईको एकै पटक निधन भएको हो । ग्रेगरी रेमन्ड राफेलले २३ अप्रिल, १९९७ मा जुम्ल्याहा जन्माएका दुई सन्तानले एकैपटक संसार छोडेका हुन् ।

अहिले खुसीसाथ दुई छोरालाई अस्पतालवाट घर ल्याएका उनीहरुको घरमा दुईवटा दियो संगै निभ्यो । तर यसको ठीक २४ वर्षपछि अप्रिल २४ तारिखका दिन ती दुवै छोरा एकसाथ बिरामी परे र साथै यही मे १४ का दिन दुवैले एकसाथ संसार छाडे। अनौठो अर्को संयोग पनि के भने अप्रिल २४ मा जन्मिएका उनीहरुको स्वास्थ्यमा खराबी पनि जन्मदिनकै दिन आएको थियो ।

रेमन्डका अनुसार उनका जुम्ल्याहा छोरा जोफ्रेड वर्गिज र राल्फ्रेड जोर्ज ग्रेगरीले हालै २४औं वार्षिकोत्सव मनाइरहेका बेला उनीहरुको स्वास्थ्यमा समस्या आएको हो । उनीहरु जिवित छँदा पनि सबै काम संगै गर्थे । उनीहरुको सबै बानी पनि उस्तै थियो । संगै पढ्ने संगै काम गर्ने उनीहरुले अध्ययन पनि सँगै गरे, यतिसम्म कि दुवैले सँगै कम्प्युटर इन्जिनियरिङ पूरा गरे भने रोजगारी पनि एकै ठाउँ हैदरबादमा गरिरहेका थिए।

रेमन्डले भने, ‘अनि उनीहरू बिरामी पनि एकसाथ भए भने संसारबाट पनि सँगै बिदा भए।’ जन्मदिनको दिन अचानक स्वास्थ्यमा खराबी आएपछि अस्पताल लगीएको उनीहरु दुवै संक्रमित भएको अस्पतालले रिपोर्ट दिएको थियो । उनीहरु त्यही रिपोर्ट हातमा लिएर पनि डराइरहेका थिए । कतै दुखद् घटना पनि संगै त हुँदैन ? नभन्दै उनीहरुको जिवनमा त्यस्तै भयो । उनको मनले भनिरहेको थियोे– एक जनालाई केही भयो भने अर्को पनि बाँच्नेवाला छैन।

अब राल्फ्रेड पनि बाँच्ने छैन जब डाक्टरले भने यसको केही घण्टापछि राल्फ्रेड पनि बितेको खबर आयो। उनले भनिन्, ‘दुवै जनाले हैदरबादबाट कोरिया र जर्मनी जाने योजना बनाएका थिए। हे भगवान् मलाई यस्तो सजाय किन दिनुभयो


Last Updated on: May 18th, 2021 at 6:47 pm
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया