आइतबार ०७ आश्विन २०८०

काठमाडौ । बाराको कलैया उप महानगरपालिका ११ मा दुई बालकको कसैले ज्या न लि एका छन्। एकै घरका दुई बालकको ज्या न गएको अवस्थामा मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिपेन्द्र शाहीले जानकारी दिए। उनीहरुको गएराति घटना भएको अनुमान प्रहरीले गरेको छ।

शाहीका अनुसार कलैया ७ का अब्दुल रसारका दुई छोरा सात वर्षीय अमिन अन्सारी र ९ वर्षीय उसमान अन्सारीको शव फेला परेको हो। सोमबार साँझदेखि उनीहरु बे’पत्ता थिए। सोमबार साँझ साढे बजे घरबाट सँगै बाहिर निस्किएका ती दुवै बालकको शव मङगलबार बिहान गाउँकै मदरशा परिसरभित्र यस्तो अवस्थामा फेला परेको मिश्रले बताए ।

SUGGESTED NEWS
Mgid
Mgid

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

Very Realistic Game For Men!
RAID: Shadow Legends
वडा अध्यक्ष सैफुल्लाह मियाका अनुसार ती दुवै मृ त क बालकका बुबा अब्दुल भने वैदेशिक रोजगारीका शीलशीलामा ३ वर्ष देखि कतारमा छन् । आमा मीना खातुनका अनुसार सोमबार आफ्नो फुपुको छोराको निधन भएको खबर पाएर जितपुरको टेढा गएकी थिइन् ।

सोमबार राति घर फर्किएकी आमाले घरमा दुवै छोरा नभएको देखेपछि गाउँलेहरुको सहयोगमा खोजि गरिए पनि ती दुवै बालक फेला परेका थिएनन् । मङगलबार बिहान बाख्रा चराउन गएका गाउँका बालकले मदर्शा परिसरमा दुई बालकको शव देखेपछि गाउँलेहरुलाई खबर गरेको वडा अध्यक्ष मियाले बताए ।

‘हामी अहिले घटनास्थलमै छौँ,’ एसपी शाहीले भने, ‘शव पनि घटनास्थलमै छ। हामी अनुसन्धान गर्दै छौँ।’ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा बालकको शव फेला परेको हो। उनीहरु सहोदर दाजु भाई हुन्। एकै ठाउँमा दुई बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। फाइल तस्बिर


Last Updated on: May 18th, 2021 at 7:01 pm
१७९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया