शुक्रबार १५ मंसिर २०८०

विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि यसरी भयो ह’मला, दुई डाक्टर घाइते (भिडियो हेर्नुस्)
May 18, 2021 i news 13NewsNo Commenton विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि यसरी भयो ह’मला, दुई डाक्टर घाइते (भिडियो हेर्नुस्)
काठमाडौ । विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि ह म ला भएको भिडियो सार्वजनिक भएको छ । अ’ज्ञात समूहले दुर्घटनामा घाइते भएकाहरुको बारेमा ह’मला गरेका प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि ह’मला भएको हो । रातीमा पुगेका एक समुह डाक्टर माथि अचानक जा’इलागेपछि अस्पतालमा को’ला’हल म’च्चिएको थियो । चिकित्सक, भिजिटर, विरामी र कुरुवाहरुको क’राएको आवाज सुन्न सकिन्छ ।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला घटना भएको अस्पतालका कर्मचारी सुनील देवले बताएका छन् । ह’मलावाट डा रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चो’ट लागेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा(२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूह रातीमा अस्पताल पुगेर घटना गराएको बताएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समुहले यस्तो गरेको बताइएको छ ।

 


Last Updated on: May 18th, 2021 at 7:03 pm
९३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया