मंगलबार १६ आश्विन २०८०

काठमाडौ

महामारीले फेरी एक जना डाक्टरलाई लगेको छ । सिरहामा एक चिकित्सकको निधन भएको हो । लहान नगरपालिका वडा-६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीको निधन भएको नगरपालिकाले जनाएको छ ।

उनी अस्वस्थ्य भए पनि अस्पताल भर्ना भएका थिएनन् । संक्रमित भएका उनको निधन भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।

डा चौधरी कोरोना संक्रमित भए पनि अस्पताल नगएर ९ दिनदेखि होम आइसोलेसनमै बस्दै आएका थिए । तर अचानक स्वास्थ्यमा थप समस्या आएपछि उनलाई सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगिएको थियो ।

तर अस्पतालमा उपचार सुरु हुन नपाउँदै उनको मृत्यु भएको हो । ३५ वर्षीय डा चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।


Last Updated on: May 18th, 2021 at 7:06 pm
८९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया