बिहिबार ११ आश्विन २०८०

वि.सं.२०७८ साल जेठ ०५ गते बुधबार । ईश्वी सन् २०२१ मे १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–सप्तमी,०७ बजेर ५४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्लेषा,११ बजेर ३० मिनेट उप्रान्त मघा । योग– ध्रुव,२१ बजेर २१ मिनेट उप्रान्त व्याघात । करण– वणिज, ०७ बजेर ५४ मिनेट उप्रान्त भद्रा,१९ बजेर ३७ मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट,११ बजेर ३० मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा आमासँग विवाद हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा जमघट भाई मिष्ठान्न भोजन गर्ने अवसर जुर्नेछ । दिउसोका समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ । छोटो तथा लामो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय राम्रो रहेकोले नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट हुलमुलमा बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

०००

साप्ताहिक राशिफल : जेठ २ गते आईतबारदेखी जेठ ८ गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

आफन्त तथा साथिभाईको सहयोग पाईने हुनालेकाम गर्न उत्साह जाग्नेछ । पढाई लेखाईमा सफलता प्राप्त हुनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । बिभिन्न उपाहार तथा भौतिक साधन प्राप्तिको योग रहेको छ । सत्रुलाई परास्त गर्दै न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहने जोडिहरुले यो साता आफ्नो मायालुको माया भरपुर प्राप्त गर्न सक्नेछन् । एकल तथा साझेदारि ब्याबसायमा लगानि बढाएर प्रसस्त नाफा कमाउँन सकिनेछ । लामो तथा रमाईलो ब्याबसायिक यात्राको तय हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई साथिभाई तथा आफन्तका साथ रमाईलो गर्दै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा)

समाज तथा साथिभाईको काममा अल्झनु पर्दा आफ्नो काम धाति रहनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गरि कहिमात्रामा लाभ लिन सकिनेछ । पढाई लेखाईको क्षेत्रमा सफलता प्राप्त गर्न निकैनै संघर्ष गर्नुपर्नेछ भने अरुले नै क्षमता प्रदशन गरेर पुरस्कार तथा प्रशंसा पत्र जित्न सक्नेछन् । माया प्रेममा अबिश्वास पैदा हुने तथा घर परिवारमा अग्रजहरु सँग मनमुुटाब बढ्नेछ । स्वास्थ्यमा छाति तथा पेट सम्बन्धि समस्या बढ्न सक्ने हुनालेखानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । साताको अन्तिम दिनहरु शुक्रबार तथा शनिबार समय तथा परिस्थितिमा सुधार आई बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउदै आफ्नो पक्षमा नतिजा निकाल्न सकिने छ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

ब्यापार ब्याबसायमा सोचेजस्तो आम्दानि नहुने तथा रोकिएर बसेका कामहरु यो हप्तानि थाति नै रहनेछन् । दाजुभाई,छिमेकि तथा आफन्तहरुबाट सहयोग तथा सकारात्मक सल्लाहको अपेक्षा गरेपनि तपाईलाई बेवास्त गर्नेछन् । सवारि साधन तथा घर जग्गाको कारोबारमा हात नहाल्नुहोला घाटा लाग्ने योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा बढिनै संघर्ष गर्दा मात्र सफलता प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने योग रहेको छ ख्याल गर्नुहोला । माया प्रेममा यो साता एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुनेछ । खर्च बढ्ने तथा कामहरु समयमा सम्पन्न नहुने हुनालेकाम गर्ने जोस जागरमा केहि कमि आउँनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

पुराना कामहरु फत्तेहुने तथा नया काममा अवसर आउनेछ । बोलिकै भरमा धेरै कामहरु सम्पादन गर्न सकिनेछ । आफन्त तथा छिमेकिबाट उपयुक्त समयमा अर्थपुर्ण सहयोग पाईने हुदा अगि बढ्न सहज हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । छोटो तथा रमाईलो यात्राको तय हुने हुनालेमन प्रशन्न रहनेछ । प्रेम तथा मित्रतामा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । साताको अन्तिम शुक्रबार र शनिबार ब्याबसायमा नाफा कमाउँन अलि बढि संघर्ष गर्नुपर्नेछ भने कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष परिमार्जन गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । घर परिवार तथा आमाबाट अलग्गिएर टाडाको यात्रा गर्दा मन दुख्नेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

सिंह रासि हुनेहरुको लागि यो साता उत्तम रहेकको छ । नयाँ नयाँ बस्तुहरुको प्रयोग मार्फत अरको मन आफुतिर आकर्शित गर्न सकिनेछ । समाजसेवा तथा राजनितिमा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा यो साता तपाईकै बर्चस्व कायम रहने तथा नतिजा तपाईकै पोल्टोमा पर्नेछ । बोलिको प्रभाव बढ्ने तथा निर्णय क्षमताको बिकाश हुने हुदा तपाईबाट राम्रा राम्रा कामहरुको अपेक्षा गर्न सकिनेछ । छिमेकि,दाजुभाई तथा आफन्तबाट ब्यापार ब्याबसायमा आर्थिक सहयोग गर्ने हुनालेप्रशस्त नाफा कमाउँन सकिनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु यो साता तपाईकै पक्षमा फैसला हुनेछन् । प्रेम प्रशङगमा रमाई रमाई साता ब्यातित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

साताको शुरुमा लामो दुरिको बिदेश यात्राको तय हुनेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने हुनालेखानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । मंगलबार तथा बुधबार परिस्थितिमा केहि मात्रामा सुधार आई अलि बढि समय लगानि गर्दा कामहरु बन्ने तथा आर्थिक ब्याबस्थापन गर्न सहज भएको महशुष हुनेछ । घर परिवार तथा आफन्त सँग कुनै काम गर्दा वा कारोबार गर्दा सजक हुनुपर्नेछ । शुक्रबार तथा शनिबार परिस्थिति तपाईकै पक्षमा आई पुराना थाति रहेर बसेका मुद्दाहरु हल भएर जानेछन् । कुटुम्बसँगको सँगको सुमधुर सम्बन्धले आर्थिक योजानाहरु बनाएर लागु गरि रुपैया पैसा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेपढाई लेखाईमा सुधार गर्न सकिनेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त)

साताको शुरुमा पैतृक धन तथा सरकारि धन सम्पति प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोत तथा खनिज पदार्थको ब्यापार ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा दाजुभाईले तपाईले ईच्छाएको सर सामान दिनेछन् । मंगलबार तथा बुधबार समय तपाईको पक्षमा नहुने हुनालेआफन्त तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद बढ्ने तथा सैद्धान्तिक राय बाजिनेछ । लामो दुरिको यात्रा तय गर्न सकिनेछ । खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने शरिरमा कामगर्ने जागर हराएर जानेछ । बिहिबार दिउसोबाट समय उत्तम रहेकोले सिर्जनात्मक कामगरि प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको समर्थन पाउनेछन् भने ब्यापार ब्याबसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

सरकारि कामकाजमा झन्झटलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने कर्मचारिबाट तपाईको काम समयमा नगर्दिनाले मानशिक तनाब बढ्नेछ । बुवा तथा बुवासरहका मानिससँग मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुनेछन भने नतिजा अरुकै हातमा पर्नेछ । मंगलबार, बुधबार तथा बिहिबार दिउँसो सम्मको समय उत्तम रहेको छ । यो समयमा प्राकृतिक स्रोत साधन तथा पानि सँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टाएर जानेछ । आफन्त तथा दाजुभाईबाट तपाईको कामका भनेजस्तो सहयोग तथा समर्थन प्राप्त हुनेछ । प्रेम प्रशङमा रमाउँने समय रहेको छ भने घरमा पति पत्निबिच बिश्वास बढेर जानेछ । नौलो प्रकृतिको काम गरि आयस्रोत बढाउँन सकिनेछ । बिहिबार दिउसोबाट बैदेशिक यात्राहुने योग रहेको छ । बिदेशमा उत्पादिन सामानको ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुने तथा बिदेशि सस्थामा नियूक्ति प्राप्तिको योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

यो साता धनु राशि हुनेहरुको लागि समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धर्म सस्कृति तथा रितिरिवाज जोगाउँन धार्मिक सस्था तथा अनुष्ठानतिरको यात्रा हुनेछ । समाजमा जनताको काम गरि सम्मानित जीवन जिउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने छन् । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको योग रहेको छ । ब्यापार ब्याबसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्ने समय रहेको छ । साताको अन्तमा प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरि रुपैया पैसा जम्मा गर्न सकिनेछ । यो साता प्रेम गर्ने जोडिहरुका लागि एक अर्काबिच माया तथा भावना साटासाट गरि समय ब्यातित गर्न सक्नेछन् भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬)

साताको शुरु अर्थात आईतबार तथा सोमबारको समय तपाईको पक्षमा हुने छैन । बिभिन्न किसिमका समस्याहरुको फेस गर्नु पर्ने तथा आर्थिक अभावले कामहरु समयमा सम्पन्न नहुने हुनाले दैनिक गुजार गर्न हम्मे हम्मे पर्नेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्नेछ । घर परिवारका एक अर्काबिच बिचारको तालमेल नमिल्दा कामहरु लथालिङग हुनेछन् भने मंगलबारबाट परिस्थितिमा सुधार आई केहिमात्राका कामहरु बन्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अलि बढि समय लगानि गर्दा अरुलाई छोडि अग्र पंतिमा आउँन सकिनेछ । शुक्रबार तथा शनिबार भने नयाँकाम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सांगितिक माहोलमा आफन्त सँग जमघट भई मिष्टान्न भोजनका साथ रम्न सकिनेछ । नयाँ नयाँ लगानिको बाताबरण बन्ने तथा बुवाबाट सहयोग तथा समर्थन पाईने योग रहेको छ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

लामो दुरिको ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाउँ तथा दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारि ब्याबसायबाट भने जस्तो आम्दानि हुने हुनालेथप लगानि गर्ने बाताबरण बनेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा नयाँ अध्यायको शुरुवात हुनेछ । मंगलबार बुधबार र बिहिबार दिउसो सम्म गरेका कामहरु बिग्रने हुदा कुनै नया काम थालनि नगर्नुनै राम्रो रहेको छ । बिभिन्न किसिममा समस्याहरुको फेस गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा काम गर्ने जागर हराएर जानेछ । अनाबस्यक मानिसहरुको भेटघाटले बिवाद निम्त्याउन सक्छ । बिहिबार दिउँसो परिस्थितिमा सुधार आई रोकिएका कामहरु बन्ने तथा आम्दानिमा सुधार भएर जानेछ । धार्मिक अनुष्ठान तथा मन्दिरको दर्शन गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । शुभ मांगलिक तथा बैबाहिक समारोहमा सहभागि भई बिभिन्न मिठा परिकारका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

साताको शुरुमा ब्यापार ब्याबसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । मामा तथा मावलि पक्षबिच सामान्य भनाभन तथा बिवाद बढ्नेछ भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छन् । सत्रु तथा प्रतिश्पर्धिहरु हावि हुने हुनालेकाममा बाधा तथा अवरोध सिर्जना गर्न सक्छन् । मंगलबार देखि समय फेरिने हुनालेपति पत्निका साथ लामो तथा रमाईलो यात्राको तय हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नयाँ उचाई चुम्न सकिनेछ । साझेदारि ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने लगानि गर्ने बाताबरण बन्नेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । बिहिबार दिउसोबाट समय परिवर्तन हुने भएकोले कामहरु बिग्रने तथा अरुको गलत फन्दामा फस्न सकिन्छ ध्यान दिनुहोला । भौतिक सम्पति हराउँने, ठगिने तथा चोरिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । ऋण तथा रोगको सामना गर्नु पर्दा दैनिकि अलि गाह्रो हुनेछ ।

तपाईको दिन शुभ रहोस ।


Last Updated on: May 19th, 2021 at 3:19 am
११४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया