सोमबार १३ मंसिर २०७८

नुवाकोट, ९ मंसिर । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सडक दुर्घटनामा निधन भएकी नुवाकोटकी सविता रुम्बा तामाङको शव नेपाल ल्याईएको छ ।

नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतार र नेपालबाट वैदेशिक रोजगार उद्धार नेपालको पहलमा नेपाली राजदूतावास दोहा कतारको समन्वयमा मृतक तामाङको शब नेपाल पठाउन सफल भएको घेदुङ कतारका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङले मृतक शव नेपाल पठाउन सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ।

मृतक तामाङको शव बुधबार बिहान ००:४५ बजेकाे कतार एयरलाइन्सको उडानमा मार्फत नेपाल पठाएर परिवार तथा आफन्तको उपस्थितिमा काठमाडौं स्थित पावन तिर्थस्थल स्वयम्भूमा बुधबार दिउसोको ३:०० बजे बौद्ध विधि अनुसार अन्तेस्टी गरिएको घेदुङ कतारका निबर्तमान अध्यक्ष तथा वैदेशिक रोजगार उद्धार नेपालको कतार प्रतिनिधि एक्का प्रसाद तामाङ (योगेन्द्र)ले बताए।

तिहार लगतै घर बिदा सकाएर कतार गएकी ऊनी काठको बाकसमा फिर्ता आउछ भनेर कसले सोचेको थियो होला ऊनीकि दिदि सावित्री तामाङले भाबुक हुँदै बताईन। नुवाकोटको साविक ओखरपाैवा – ६, हालको ककनी गाउँपालिका-२, निवासी सविता रुम्बा तामाङकाे १२ नाेभेम्बर २०२१ शुक्रबारका दिन कतारमा सडक दुर्घटनामा परि निधन भएको थियो।

काठमाडौँ : परीक्षा हुनु केही दिनअघिदेखि नै विद्यार्थीहरू तयारीमा लाग्छन् । पढाइको तयारी मात्रै होइन, व्यक्तिगत पोशाकका कुरादेखि लेख्ने सामग्रीसम्मको जोहो गर्छन् । तर भारतको गुजरातमा एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेको पाइएको छ ।

गुजरातको राजकोटमा विवाहकै दिन परीक्षा समयमा ती महिला कलेज पुगेकी थिइन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थियो, त्यसैले उनी बिहानै बेहुलीको पोशाक लगाएर परीक्षा हलमा आएकी थिइन् ।

शिवांगीले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा हुने भयो । त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’


Last Updated on: November 25th, 2021 at 2:41 pm
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया