सोमबार १३ मंसिर २०७८

चर्चित भारतिय गायिका नेहा कक्कडका केहि तस्बिरले निकै चर्चा पाइरहेका छन्। उनी यतिबेला पति रोहनप्रीत सिंशसँग पेरिसमा छुट्टी मनाइरहेकी छिन्।

यसै क्रममा उनले घुमघामका केही तस्वीरहरु पनि शेयर गरेकी छिन्। एक तस्वीरमा उनी र रोहनप्रीत लिपलक किस गरिरहेका छन्।

नेहाले रातोक कलरको क्रप टप र बेल बटम पेन्ट लगाएकी छिन्। साथै रातो लङ कोट पनि लगाएकी छिन्। रोहनप्रीत सेतो सुटमा देखिएका छन्। नेहाले फोटो शेयर गर्दै लेखेकी छिन्, ‘मायाले भरिएको शहर, जुन निकै सुन्दर देखिएको छ।

तर, त्यतिबेला मात्र जब तिमी मेरो वरिपरि हुनेछौं। मेरो माया तिमीबिना केही पनि होइन। रोहनप्रीत सिंह।’ फोटोका ब्याकग्राउण्डमा एफिल टावर देखिएको छ। उक्त पोष्टको कमेन्टमा रोहनप्रीतले लेखेका छन्, ‘म तिमीलाई धेरै माया गर्छु, मेरी माया।’ नेहाका भाइ टोनीले कमेन्टमा लेखेका छन्, ‘पिक्चर अफ दि इयर।’

तस्बिर भारतिय प्रयोगकर्तामाझ निकै भाइरल बनिरहेको छ ।

नेपाली काँग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई सहयोग गरेका छन् । नेता जोशीले समितिका अध्यक्ष श्रीजन झालाइ कार्यालय प्रयोजनार्थ भौतिक समाग्री खरिदका लागि सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिदै नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्र्तगत आगामी १६ गते हुने बागमती प्रदेश सभाको लागि सभापतिको उम्मेदवार समेत रहेको नेता जोशीले मुलुकको प्रत्येक कालखण्डमा भएका परिवर्तकारी आन्दोलनमा पत्रकार र पत्रकारिता जगतले निर्वाह गर्दै आएको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउदै पछिल्लो समय आफ्नो तर्फबाट महासंघको उपत्यका प्रदेश समितिको लागि केहि सहयोग गर्न पाउँदा सुखानुभूति भएको बताए। साथै उनले भविष्यमा पनि आफ्नो तर्फबाट थप सहयोग गर्दै जाने बताए ।

त्यस्तै कार्यक्रममा लोकतान्त्रिक राष्टिय छापा माध्यमका अध्यक्ष दामोदर प्रसाद दवाडीले महासंघको उपत्यका प्रदेश समिति स्वरोजगार मिडिया यसमा आवद्ध पत्रकारहरूको पक्षमा विभिन्न किसिमबाट क्रियाशील रहेको बताउँदै आज काँग्रेस नेता जोशीले नागरिक समाजका अगुवा संस्थालाइ गरेको सहयोग महत्वपूर्ण भएको बताए ।


Last Updated on: November 25th, 2021 at 4:09 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया