सोमबार १३ मंसिर २०७८

काठमाडौं । मन्त्री बन्न नपाएपछि आफ्नै पार्टीका नेताको विरोध गर्दै पार्टी कार्यालयमा तालाबन्दी गर्ने एक जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय सदस्यवाट हटाएको छ । सांसदसमेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवलाई पार्टीले कारबाही गरेको छ । यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको सो पार्टीका नेता इस्तियाक राईले जनाएका छन् ।

उनलाई साधारण सदस्य कायम राखिएका कारण सांसद पद भने यथावत छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टी फुटाउने प्रयास गरेका यादवलाई सरकार परिवर्तनपश्चात् मन्त्री नबनाएको भन्दै आफ्नै नेता उपेन्द्र यादवको पुत्ला जलाएका थिए । उनका कार्यकर्ताहरुले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

अध्यक्ष यादवकै प्रस्तावमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको हो । नेता राईका अनुसार यादवका विषयमा छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा उनी माथि थप निर्णय हुने राईले बताए । छानबिनमा निर्दोश देखिए कारवाही फुकुवा हुने छ भने प्रमाणीत भए कारवाही यथावत रहने राईले बताएका छन् ।

टिकटकले सबैसामु चिनिएकि कोमल नाम गरेकी एक युवती जसको एउटा हातमात्र छ उनी अहिले जताततै छाएकी छिन । शारीरिक रुपमा अरु मानिसहरुझै श’स’क्त त छैनन उनी तर उनको सोचबिचार भने आममानिसको भन्दा निकै नै सुदृढ रहेको छ । एउटा हात नचाएर नै सबैको माया पाएकी कोमल अहिले भने ठुलो पर्दामा पनि देखिन थालेकी छिन । ब्याक टु ब्याक नया नया म्युजिक भिडियोमा खेलि रहेकी कोमल हालसालै एउटा नया म्युजिक भिडियोमा लाउरेनीको श्रीमतीको अभिनय गरेकी छिन ।

नाचमा रमाउने उनले यसपटक भने अभिनयको रोल पाएकी छिन । टिकटकबाट सुरु भएको उनको यो यात्रा अहिले यस्तो अबस्थामा आइसकेको छ । यसका साथै कोमलको लागि अर्को पनि खुसिको खबर थपिएको छ उनले थप एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी छिन । महेन्द्र राज बराल नाम गरेका उनले कोमललाई एउटा भिडियोमा खेल्ने मौला दिएका छन । अरुबेला भन्दा निकै नै उत्साहीत देखिन्छिन कोमल आज

कोमल यहाभन्दा अगाडी खेलेका भिडियोहरुभन्दा यो अलिक विशेष रहेको कुरा पनि बताइन किनकी उनको टिममा यो चोटि प्रसिद्ध कलाकारहरुको पनि उपस्थिति रहेको छ । अहिले उनी सुटिङमा ब्य’स्त छिन, तिहार सग सम्बन्धित उनको गीत सबै दर्शकहरुले रुचाइ दिनुहुन्छ भन्ने कुरामा उनी बिश्वस्त छिन । कोमलले महेन्द्र राज बरालको फ्यान रहेको र उहासग काम गर्नु पाउँदा निकै नै खुसि भएको भन्दै धन्यवाद पनि भनिन ।

 


Last Updated on: November 25th, 2021 at 5:14 pm
५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया