शनिबार ११ मंसिर २०७८

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम सर्वसाधारणलाई हैरान गर्ने गर्छन् । मूल्यवृद्धिको चर्को विरोध समेत हुने गरेको छ ।

केही समयदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । पेट्रोलको मूल्य बढेसँगै सवारी साधन धान्न मानिसहरुलाई समस्या भइरहेको छ ।

पेट्रोलको मूल्य ह्वात्तै बढेपछि भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाका २९ वर्षीय आलोक कुमारले ‘बुलेट बाइक’ बेचेर घोडा किनेका छन् ।
आलोकले अब मोटरसाइकल छाडेर घोडामै सवार हुने निधो गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोटरसाइकल बेचेका उनले घोडालाई कमाइको माध्यम समेत बनाएका छन् । उनले इच्छुक युवालाई घोडसवारी तालिम दिएर कमाइ समेत गरिरहेका छन् ।

पेट्रोलको मूल्यवृद्धिको असरबाट छुटकारा पाउन घोडामा यात्रा गर्नु उपयुक्त हुने सुझाव उनले अरुलाई पनि दिने गरेका छन् ।

आलोकलाई देखेर स्थानीय स्तरमा युवामा घोडसवारीको क्रेज बढेको समाचारमा उल्लेख छ ।

देशकै चर्चित गायक ,गायिका तथा कलाकारहरु उत्पादन गरेको किरात साम्यो साक्थिगेन मुजोत्लुङ पान्जुभोको आयोजनामा यस वर्ष माङसेबुङमा गायन प्रतियोगिता हुने भएको छ। किरात धर्म गुरु मुहिगुम अंशीमाङ लिङदेन आत्मानन्द ” सेईङ” ज्युको ६८अौ शुभ जन्मोत्सव तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा कार्यक्रमको सु अबसर पारेर पहिलो पटक गायन प्रतियोगिता गर्न लागेको पान्जुभोका सदस्य अनिस हाङ लावतीले जानकारी दिनु भयो।

गायन प्रतियोगिताको शीर्षक ” माङसेबुङ ईक्ला ” रहेको उक्त कार्यक्रममा
प्रतियोगी सहभागी कलाकारहरुले मातृभाषाका गितहरुमात्र गाउन पाउने नियम कार्यक्रमका आयोजक टिमले यस अघिनै जानकारी गराईसकेको, साथै कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै माझ उपस्थितीको समेत आग्रह गरिएको आयोजक संस्थाले जनाएको छ।माङसेबुङ ईक्ला प्रतियोगिता कार्यक्रममा प्रतियोगी कलाकारहरुले आ आफ्नो मातृभाषामा आधारित एउटा गीत गाएर भिडियो रेकर्ड गरी आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोमा मिति २०७८ साल मंसिर १० गते दिनको ४ बजेभित्र Whatsapp 9815975302 मार्फत भिडियो पठाउन समेत आग्रह गरिएको छ


Last Updated on: November 26th, 2021 at 11:04 am
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया