सोमबार १३ मंसिर २०७८

भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान उक्त क्षेत्रमा ६.१ रेक्टरस्केलको भूकम्प गएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।

भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो ।

भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

देशकै चर्चित गायक ,गायिका तथा कलाकारहरु उत्पादन गरेको किरात साम्यो साक्थिगेन मुजोत्लुङ पान्जुभोको आयोजनामा यस वर्ष माङसेबुङमा गायन प्रतियोगिता हुने भएको छ। किरात धर्म गुरु मुहिगुम अंशीमाङ लिङदेन आत्मानन्द ” सेईङ” ज्युको ६८अौ शुभ जन्मोत्सव तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा कार्यक्रमको सु अबसर पारेर पहिलो पटक गायन प्रतियोगिता गर्न लागेको पान्जुभोका सदस्य अनिस हाङ लावतीले जानकारी दिनु भयो।

गायन प्रतियोगिताको शीर्षक ” माङसेबुङ ईक्ला ” रहेको उक्त कार्यक्रममा
प्रतियोगी सहभागी कलाकारहरुले मातृभाषाका गितहरुमात्र गाउन पाउने नियम कार्यक्रमका आयोजक टिमले यस अघिनै जानकारी गराईसकेको, साथै कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै माझ उपस्थितीको समेत आग्रह गरिएको आयोजक संस्थाले जनाएको छ।माङसेबुङ ईक्ला प्रतियोगिता कार्यक्रममा प्रतियोगी कलाकारहरुले आ आफ्नो मातृभाषामा आधारित एउटा गीत गाएर भिडियो रेकर्ड गरी आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोमा मिति २०७८ साल मंसिर १० गते दिनको ४ बजेभित्र Whatsapp 9815975302 मार्फत भिडियो पठाउन समेत आग्रह गरिएको छ


Last Updated on: November 26th, 2021 at 11:57 am
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया