मंगलबार २३ जेठ २०८०

धेरै नेपालीहरुलाई बुधबार बिहान भूकम्पले बिउँझाइदिएको छ । एकाबिहानै भूकम्प जाँदा भएका क्षतिका विवरणहरु आउन थालेका छन् । पछिल्लो अपडेट अनुसार लम्जुङमा सात वटा घर भ त्के का छन् । भूकम्पले घर भ त्किँ दा चोट लागेर तीनजना गाउँले घा इ ते भएका छन् ।

प्रहरीका अनुसार मर्‍स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भ त्के का छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भा वना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घा इ तेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भ त्कि ए र स्थानीय घाइते हुन पुगेको उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु आसपासका केही घरमा क्ष ति पुगेको लम्जुङ प्रहरीले बताएको छ ।

भूकम्पको धक्का लम्जुङसहित आसपासका म नाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको भन्दै पोखराबाट सन्तोष पोखरेलले लेखेको समाचार हामीले तस्वीर सहित साभार गरेका हौं ।  भिडियो हेर्नका लागी यो लिंक मा click – https://www.facebook.com/watch/?v=461273968503812


Last Updated on: May 19th, 2021 at 11:35 am
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया