मंगलबार २३ जेठ २०८०

आज बिहान गएको भूकम्पले घर भत्काउँदा एक जना गम्भीर घाइते भएका छन् ।

लमजुङको वेसीशहर नगरपालिका वडा नं ६ चनौटेमा भूकम्पले घर भत्काउँदा लमजुङ घेर्मुका उमा गुरुङ घाईते भएकी छन् । उनलाई उपचारका लागि लमजुङ जिल्ला आस्पतल लगिएको बताइन्छ ।

आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प् गएको थियो ।

पोखरा । आज बिहान गएको भूकम्पमा परि लमजुङ बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् । नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले बताएकी छिन् ।

उनका अनुसार मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ । उनले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । आज विहान लम्जुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****


Last Updated on: May 19th, 2021 at 11:39 am
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया