शुक्रबार १४ माघ २०७८

देशकै प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड रुपैयाँ बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समिति (सरकारीद्धारा गठित) मा चालू आव २०७८ को असारमसान्तसम्म ३ करोड २७ लाख ३० हजार ७ सय ५८ रुपैयाँ बैंक मौज्दात छ ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संबद्र्धन समिति (समुदायस्तरमा गठित) मा ३ करोड ३३ लाख ३५ हजार २ सय ७ रुपैयाँ छ ।. यसैबीच पाथीभरा क्षेत्र विकास समितिले दिएको जानकारीअनुसार चालू आव २०७८-७९ अन्तर्गत साउनदेखि कार्तिक १५ गतेसम्म संकलन भएको ३८ लाख १२ हजार ५ सय नगद र सिक्का सटहीबाट ८ लाख ६६ हजार रुपैयाँ पनि बैंकमा जम्मा गरेको छ ।

विगत वर्षदेखि नै संकलन भएको भेटीघाटी तथा सुनचाँदी बिक्री गरेर बैंकमा राखिएको रकममा वर्षेनी संकलन गरेको भेटीघाटी राख्ने गरेकाले वर्षेनी बैंक मौज्दात रकम थपिदै गएको हो । यसैगरी २०७७ भदौ १८ गतेसम्म भक्तजनले चढाएको रिफाइन नगरेको १४ तोला ५७ लाल सुन र २ नम्बरको १४ तोला ४६ लाल सुन लिलाम विक्री गरेर बैंक जम्मा गरेको छ ।

उक्त सुन लिलाम विक्री गरेवापत ५७ लाख ७४ हजार ६ सय रुपैयाँ संकलन भएको हो । सुनको तयारी गहना ३ तोला ८७ लाल र चाँदी २४ सय ९४ तोला ८९ लाल बिक्री गर्न बाँकी छ ।आव २०७३÷७४ देखि मात्र सरकारद्वारा गठित पाथीभरा क्षेत्र विकास समितिले भेटीघाटी संकलन तथा परिचालन सुरु गरेको हो ।

आव २०७३÷७४ अगाडी समुदाय स्तरमा गठित समितिले भेटीघाटी संकलन, परिचालन तथा पाथीभरा क्षेत्रका विकासमा काम गर्ने गर्दै आएको थियो । समुदाय स्तरमा गठित समितिको स्थापना २०४७ भई जिल्ला प्रशासन कार्यालयमा दर्ता भए तापनि २०४४ सालदेखि नै पाथीभराको विकासमा काम सुरु गरेको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****


Last Updated on: November 26th, 2021 at 4:56 pm
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया