शुक्रबार १४ माघ २०७८

मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवरले १० रनको योगदान दिए । मलेशियाकी आइस्या इलिसाले एक विकेट हात पारिन् ।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले ३९ रन बनाएकी थिइन् । त्यस्तै मस ऐल्साले १४ र युसरिना याकुुपले १२ रन जोडेकी थिइन् । नेपालकी सवनम राईले दुई तथा कप्तान रुविना क्षेत्री, सीता राना मगर र कविता कुन्वार समान एक विकेट लिएका थिए ।

जितसँगै नेपाल ४ खेलबाट ६ अंक भएको छ । ३ खेलबाट समान ६ अंक भएपनि यूएई नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष १ ले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो पनि पढ्नुश बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ । तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलाएका छन् । वास्तवमा केही वर्ष अघि ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एउटा अन्तरवार्तामा उपस्थित भएका थिए ।

इन्डिया डटकमको खबर अनुसार यसै अन्तरवार्तामा अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनको विषयमा रोचक तथ्य खुलाएका थिए । क्त कुराकानीमा यो जोडीले आफ्नो पनि अन्य जोडीको जस्तै थुप्रै पटक बहस हुने गरेको स्वीकार गरे । ऐश्वर्याले पनि यसबारे कुरा गर्दै अभिषेक र आफूबीच कुनै न कुनै कुरामा ठाकठुक परिहाल्ने बताइन् । तर यसलाई उनले झगडा नभई असहमति बताएकी थिइन् । उनले भनिन्, ‘यस्सो ठाकठुक भएन भने त जीवन बोर भइहाल्छ नि ।’

यो कुराकानीमा अभिषेकले आफ्नो वैवाहिक जीवनलाई सही तरिकाले चलाउनका लागि एउटा गोप्य कुरा बताएका थिए । उनले भने, ‘हामीले झगडा गरेर कहिले पनि नसुत्ने निर्णय गर्यौं । त्यसैले म हरेक दिन सुत्नुभन्दा अघि हरेक गल्तीका लागि माफी माग्ने गर्दथेँ ।’ यसबारे ठट्टा गर्दै उनले भने, ‘महिला यसै पनि आफ्नो गल्ती मान्दैनन् त्यसैले धेरैजसो झगडामा मैले नै माफी माग्थेँ ।’


Last Updated on: November 26th, 2021 at 5:17 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया