शुक्रबार १४ माघ २०७८

चितवन- चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन् ।

जनकपुरबाट चारवटा जिपमा ५७ जनाको टोली शुक्रबार बिहान ८ बजे चितवन आइपुगेको छ । सर्लाहीको बरहथवा नगरपालिकाबाट दुईवटा बसमा ११५ जना आएका छन् ।भरतपुरस्थित बसपार्कमा साढे ८ बजे आइपुगेर उनीहरूले खाना पकाएर खाएका हुन ।

ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको कार्यकर्ता सुदिप प्रसाद उप्रेतीले जानकारी दिए । महोत्तरी गौशालाबाट २५० जना कार्यकर्ता ५ बजे बसपार्क आइपुगेका थिए ।

चामल र तरकारी आफनै कार्यकर्ताबाट उठाएको गौशाला नगर कमिटी अध्यक्ष अजय कुमार कुशवाहले जानकारी दिए ।

यो पनि पढ्नुश बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ । तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलाएका छन् । वास्तवमा केही वर्ष अघि ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एउटा अन्तरवार्तामा उपस्थित भएका थिए ।

इन्डिया डटकमको खबर अनुसार यसै अन्तरवार्तामा अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनको विषयमा रोचक तथ्य खुलाएका थिए । क्त कुराकानीमा यो जोडीले आफ्नो पनि अन्य जोडीको जस्तै थुप्रै पटक बहस हुने गरेको स्वीकार गरे । ऐश्वर्याले पनि यसबारे कुरा गर्दै अभिषेक र आफूबीच कुनै न कुनै कुरामा ठाकठुक परिहाल्ने बताइन् । तर यसलाई उनले झगडा नभई असहमति बताएकी थिइन् । उनले भनिन्, ‘यस्सो ठाकठुक भएन भने त जीवन बोर भइहाल्छ नि ।’

यो कुराकानीमा अभिषेकले आफ्नो वैवाहिक जीवनलाई सही तरिकाले चलाउनका लागि एउटा गोप्य कुरा बताएका थिए । उनले भने, ‘हामीले झगडा गरेर कहिले पनि नसुत्ने निर्णय गर्यौं । त्यसैले म हरेक दिन सुत्नुभन्दा अघि हरेक गल्तीका लागि माफी माग्ने गर्दथेँ ।’ यसबारे ठट्टा गर्दै उनले भने, ‘महिला यसै पनि आफ्नो गल्ती मान्दैनन् त्यसैले धेरैजसो झगडामा मैले नै माफी माग्थेँ ।’


Last Updated on: November 26th, 2021 at 5:32 pm
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया