
काठमाडौ । गाउँका विपन्न बालिका र युवतीहरुलाई काठमाडौको कपडा पसलमा काम लगाइदिने भन्दै ल्याएर होटलमा लैजाने गरेको तथ्य खुलेको छ । त्यसका लागि काठमाडौमा घर नै भाडामा लिएर ब्यवसाय सञ्चालन गरिएको पनि प्रहरीले फेला पारेको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
राजधानी काठमाडौंमै ब्यवसायका लागि बालिका ओसारपसार गर्ने गरिएको पाइएको हो ।
यसरी ल्याइएका बालिकालाई दलालको जिम्मा लगाएर होटलमा लगेर इच्छा विपरितको काममा लगाइने गरिएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले त्यस्तो ओसारपसार गरिएका बालिकाका बाबुको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौमै भारतको बम्बैमा जस्तै घर नै भाडामा लिएर बालिका र युवतीहरुलाई प्रयोग गरिएको खुल्न आएको हो ।
उक्त अनुसन्धानका क्रममा प्रहरीले होटल सञ्चालक र एक ग्राहकसहित चारजनालाई नियन्त्रणमा लिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।
उनका अनुसार सिन्धुलीको ग्याङग्ले गाउँपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १८ वर्षीया मसेली भन्ने सुहाना तामाङ र सिन्धुलीकै सुनकोसी गाउँपालिका ७ घर भई हाल माकलबारी नै बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै काठमाडौंको गोकर्णेश्वर नपा ५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गापा ४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीय मुना थापामगर र काठमाडौंको कागेश्वरी मनहरा नपा १ गागलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी उपरीक्षक थापाले सुहानाले आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गर्ने बालिका तथा युवतीहरुलाई काठमाडौंका कपडा पसललगायतमा काम लगाई दिने प्रलोभनमा पारी व्यवसाय गराउन राजधानीमा बालिका तथा युवती ओसारपसार गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको बताइन् ।
‘सुहानाले ओसारपसार गरेर ल्याएका बालिका तथा युवतीलाई श्यामकुमारको जिम्मा लगाउने अर्थात् बेच्ने गर्ने देखिएको छ’, उनले भनिन्, ‘श्यामकुमारले भने बालिका तथा युवतीहरुको फोटो खिचेर विभिन्न होटल सञ्चालकहरुलाई दिने र उक्त फोटोको आधारमा ग्राहक खोज्ने कार्य गर्दै आएको देखिएको छ ।’
बालिका तथा युवतीहरुको फोटो होटल सञ्चालक तथा प्रबन्धकले देखाई ग्राहकको रोजाईअनुसार श्यामकुमार आफैले तथा अन्य भाडाका ट्याक्सी, पठाओ चालकमार्फत सम्बन्धित होटलमा बालिका तथा
युवतीहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरी इच्छा विपरितका कार्य गर्न बाध्य बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन् । अन्नपुर्णपोष्टमा समाचार छ ।