बिहिबार ११ आश्विन २०८०

काठमाडौ । केही सत्य खुल्दा बैज्ञानिकहरु समेत हैरान हुन्छन् । ब्रमाण्डमा असंख्य जीव जन्तुहरु छन् तिनिहरुको विशेषता थाहा पाउँदा दुनियाँ नै चकित हुने गर्दछन् । हालै वैज्ञानिकहरुले छेपारोको एउटा अनौठो प्रजाति पत्ता लगाएका छन् । सर्पजस्तै जिउडाल रहेको यो छेपारो अहिलेसम्म फेला परेको मध्ये एउटामात्र यस्तो प्रजाति हो

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

जुन एकै पटकमा दुबै प्रकारले प्रजनन गर्न सक्षम छ ।
अर्थात् यो छेपारोले एकसाथ बच्चा पनि जन्माउन सक्दछ र अण्डा पनि पार्न सक्दछ । जिव वैज्ञानिककाअनुसार साइफोन इक्वालिस प्रजातिको छेपारोले मौसम अनुसार अण्डा पार्न र बच्चा जन्माउन दुबैका लागि सक्षम हुन्छ । यो थाहा पाउँदा बैज्ञानिकहरु समेत हैरान भएका छन् ।
तर हाल पत्ता लागेको सोही वर्गको यो नयाँ प्रजातिको छेपारोले भने एकसाथ अण्डा र बच्चा दुबै जन्माउने गरेको छ । अष्ट्रेलियको सिड्नी विश्वविद्यालयका जिव वैज्ञानिकहरुले यो छेपारोको अनुसन्धान गरेका छन् । यो छेपारो द्विरुपी प्रजननमा सक्षम रहेको उनीहरुले पत्ता लगाए ।वैज्ञानिककाअनुसार प्राकृतिक छनोटका आधारमा

यो छेपारोमा यस्तो क्षमता विकाश भएको हो । कतिपय वातावरणीय अवस्थामा जिवहरुका लागि बच्चा जन्माउनुको तुलनामा अण्डा पार्नु आफू जिवित रहनका लागि सहज हुन्छ ।यसअघि साइफोन इक्वालिस प्रजातिका तिन औँले छेपारोले भिन्नभिन्न मौसममा भिन्नभिन्न तरिकाको प्रजनन विधि अपनाउने गरेको पत्ता लागेको थियो । सो प्रजातिको छेपारोले गर्मी ठाउँमा अण्डा पार्ने र चिसो क्षेत्रमा बच्चा जन्माउने गर्दछन् । तर पछिल्लो पटक पत्ता लागेको छेपारोले चाहीँ एकैपटकमा एकैठाउँ अण्डा र बच्चा दुबै जन्माउने गर्दछ । एजेन्सीको सहयोगमा


Last Updated on: May 19th, 2021 at 12:10 pm
१५९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया