बुधबार २४ जेठ २०८०

काठमाडौ । पश्चिम नवलपरासीमा प्रहरीले चलाएको गो’लि ला’ग्दा एक जनाको मृत्यु भएको छ। उनको अस्पताल लैजादै गर्दा मत्यु भएको हो । प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको प्रहरीले जनाएको छ।

महामारीका कारण नेपाल भारत सिमा बन्द छ । तर बन्द सिमावाट बुधबार पश्चिम नवलपरासीको सुस्तावाट केही नेपाली भारत तर्फ जान लागेका थिए । प्रहरीले रोक्ने क्रममा प्रहरीलाई नै घेराउ गरेर आ क्र म ण गर्न लागे पछि बाध्यता भएर यस्तो गर्नु परेको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिमका एसपी अजय केसीका अनुसार उनीहरुले प्रहरी मा थि ढुं गा मु ढा ग रे का थिए ।

सशस्त्र नायब निरीक्षक सइ शंकर बुढाथोकी घाइेत भएका छन् । उनको उपचार सुरु गरिएको छ । सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेको थियो। भारत तर्फ जान लागेकाहरलाई प्रहरी फर्काएपछि उनीहरु फर्किएका थिए । तर पछि ठूलो स’मुह लिएर आएको प्रहरीले जनाएको छ ।

‘भीडलाई नियन्त्रण गर्न सुरुमा अ श्रु ग्याँ स’ प्र हा र गरिएको थियो’, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘तर भीड अझ उ ‘ग्र हुँ दै आ क्र म णमा उत्रिएपछि बा ध्य भएर ए’क रा’उ’न्ड गो ली च लाइ एको हो ।

यस्तै आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।

बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिनुभयो ।

ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ । बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । बसमा सवार पाँच जना सकुशल रहेका छन् ।


Last Updated on: May 19th, 2021 at 4:34 pm
६६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया