बुधबार २४ जेठ २०८०

म बाँचेर यी कोपिलालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेयर गरिदिनुस् है
May 19, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । मानव जीवनको सबैभन्दा ठूलो धर्म नै मानव सेवा हो । कुनै मानिसको सानो सहयोगले कसैको जीवन बाँच्छ । एक पटक सोच्नुहोस् त सन्तान नै सृष्टिको खेल कसैले चाहेर हुन्न ।

जन्माएपछि हुर्काउन कति लाग्छ । तर तपाईहरुको सानो सहयोगले जन्मिएर हुर्किएको लाई पुर्न जीवन दिए समान हुनेछ । आर्थिक सहयोग गर्न प्राविधिक रुपमा सम्भवन हुनेले सहयोग गरिदिनुहोस् ।

कसैले चाहेरपनि प्राविधिक रुपले सहयोग गर्नसक्नुहुन्छ । टाढा हुनुहुन्छ । विदेशमा मोबाईल एपहरु भएपनि पठाउन मिल्दैन । कसैसँग मोबाईल एपपनि हुन्न त्यस्ता व्यक्तिले यो सन्देश जति सक्दो सेयर गरिदिनुहोस् । म बाँच्न चाहान्छु ।

मानिसको शत्रु रोग समान अरु को हुन सक्छ र ? रोगले सानू ठुलो बुढो तन्नेरी, धनी, गरिब कहाँ भन्छन् र ? भर्खरै २१ बर्षको कलिलो उमेरमा नै मेरो पाठेघरमा संक्रमण भएर पित्तथैली र मृगौला सम्ममा असर पार्दै गएको हुनाले बिगत १ वर्षदेखि बिरामी छु ।

म सन्दु वाइबा अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी छु । अहिले मसँग औषधि किन्ने पनि पैसा नभएकाले म सन्दु वाइवा लाई बचाऊनका लागि हजुरहरुको सहयोगको ठुलो खाँचो छ। म पुर्न जन्मको भीख माग्दछु । तपाई हरुको सानो सहयोगमा छ मेरो जीवन ।

विगत दुई साता देखी पाठेघर संक्रमण भई पित्तथैली र मृगौलामा समेत संक्रमण फैलिएर टिचिङ्ग अस्पतालमा भर्ना भई उपचरत म मकवानपुर जिल्ला, इन्द्रसारोबार गाउँपालिका वडा नं. ५ निवासी सुरेंद्र वाईबाकी २१ वर्षीय पत्नि सन्दु वाईबा हुँ ।

आर्थिक अवस्था एकदमै नाजुक रहेको छ। गाउँबाट चन्द संकलन गरी उपचार गर्न काठमाण्डौ आएकी थिए । अत्यावश्यक औषधी किन्न समेत पैंसा नभएकाले पति सुरेन्द्र वाईबाको खाता मार्फत सहयोगको अपिल गरिरहेकी छु ।

तपाईंको सानो सहयोगले बिरामी म सन्दुले नयाँ जीवन पाउन सक्छ साथै उनकी १८ महिनाकी छोरी र ६ बर्षे छोराको भविष्यको निम्ति भएनी सबैले आफ्नो तर्फबाट सक्दो मद्दत गरिदिनुहोला। सबैले सक्दो सहयोग र यो पोस्ट लाई सेयर गरी उपचारका लागि आर्थिक सहयोग जुटाइदिनुहोला भनी विनम्र अनुरोध गर्दछु।म बाँचेर यी फूलका कोपिला जस्ता बच्चालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेयर गरिदिनुस् है ।

मलाई सहयोग को लागि

मोबाइल नम्बर : 980-3902313
बैंक खाता नम्बर : 05005120250467 (Nepal Investment Bank) (Branch – Naxal, kathmandu)
Account Holder Name : MANGAL BAHADUR LAMA
सेवा नै धर्म हो!
यो पोस्ट शेयर गरी सहयोगी मन सम्म पुराई दिनुहोला ।


Last Updated on: May 19th, 2021 at 4:42 pm
२८०० पटक हेरिएको

तपाईको प्रतिक्रिया