
अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुँदा कुर्दिस्तानमा नेपाली महिलाको निधन।
इराक। विगत सात वर्षदेखि इराक कुर्दिस्तानमा काम गर्दै आएकी एक नेपाली महिलाको निधन भएको छ। साबिक सिम्पलकाभ्रे–९ इन्द्रावती १ मानेडाँडाकी चिनीमाया तामाङको सुलेमानीस्थित तवाली अस्पतालमा मृत्यु भएको हो। चिनीमायाले केही अगाडि मात्रै कोरोना संक्रमणलाई जितेकी थिइन्।
तर पछि उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सुलेमानीस्थित तवाडी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मुटुका भल्व बन्द भएको, किड्नीमा स्टोर फोक्सोमा पानी जमेको रिपोर्ट आएको थियो।
डाक्टरले उनलाई नेपाल लैजान सुझाव दिएपनि नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समयमै नेपाल लैजान नसकेपछि उनको सुलेमानीमै शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेपछि उनको खुट्ट फुल्लिनुका साथै अन्य शारीरिक समस्या पनि देखिएका थिए।
शल्यक्रिया गरेको छैटौं दिन उनको सोमबार विहान निधन भएको हो। अहिले उनका परिवारसँग शव व्यवस्थापनका विषयमा छलफल भइहरेको छ।
दुख सुख त दुुई रथका पांग्रा हुन भनेर बुुझने गरिन्छ तर कसैकसैलाई त दुख भनेको बाचुन्जेलनै दुखैदुख हो भन्ने कुराको आभाष पनि गराउछन भगबानले बेलाबेलामा । केही महिना अगाडि भोजपुर १० भैसीपंखाका भलमान राई आफनै घरमा लडे, त्यपछि खुटटामा रगत जाम हुन थाल्यो र यसले बिकराल रुप लिएपछ यहि लकडाउन अगाडि काठमाडौ आए उपचारका लागि ।
उनका दुुई महान छोरीले उनलाई उपचार गर्न रिन धन गर्दै टिचिङ लगायत धेरै अस्पतालमा लगे पैसा पनि सके तर उनको उपचार गर्न सबै पैसा सकिएपछि आइसियुमा राख्नपर्ने बिरामी अहिले यस्तो अवस्थामा कोठमा लिएर राखेका छन । यो भिडियोको दृश्य कुनै फिल्मको भन्दा दर्दनाक छैन भन्दा पनि फरक नपर्ला । काठमाडौ जोरपाटी नयाबस्तीमा बस्दै
गरेका छोरी बिपना राई र इशारा राईले यसरी अहिले कोठामै बाबाको आफै ड्रेसिङ गर्दै उपचार गरिराखेका छन । उनको अवस्था हेर्ने हो भने कम्मरमुनि केही चल्दैन दिसापिसाब पनि जहा सुत्यो त्यही हुन्छ र शरीरमा यति ठूला घाउहरु बनेका छन कि मिनेट मिनेटमा रगतको भेल बग्छ । यसरी आफनै बुवाको उपचारमा संलग्न यि २ बहिनीको आमा पनि छोडेर गएको करिब १८ बर्ष भईसक्यो ।