शुक्रबार १४ माघ २०७८

दुई दिनअघि सामाजिक सञ्जालमा भाइरल भएका ताञ्जानियाका टिकटकस्टार किली पलको जोडीलाई बलिउडबाट अफर मिलेको छ । संगीतकार तनिष्क बागचीले किली पललाई सन्देश पठाउदै सँगै काम गर्नका लागि अफर प्रस्ताव गरेका हुन् ।

किलीले सन्देशको स्क्रिन सट आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेपछि उनलाई बलिउडबाट अफर प्रस्ताव गरिएको भन्ने थाहा भएको छ । किली र उनकी बहिनीको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ । ‘शेरशाह’ स्टार सिद्धार्थ र कियाराले पनि उनीहरुको भिडियोलाई शेयर गरेका छन् ।

तनिष्कको संगीत निर्देशनमा बनाइएको ‘शेरशाह’को गीत ‘राता लम्बिया’ मा किली र उनकी बहिनीले लिपसिंक गरेका थिए । तनिष्कले किलीलाई सन्देश पठाउदै ‘के तपाईंहरुकै भिडियो हो ?’ भनेर सोधेका थिए । किलीले आफूहरुको भिडियो भए पनि कसैले क्रेडिट नदिएको बताएपछि तनिष्कले सहकार्यको प्रस्ताव गरेका हुन् ।

किलीले आफ्नो सामाजिक सञ्जाल र टिकटकमा करिब २ सय ८५ भिडियो पोस्ट गरेका छन् । उनीहरुको भिडियो भाइरल भएपछि चर्चा चुलिएको छ । उनीहरुको अहिले एक लाख बढी फलोअर छन् । यी दुई भाईले टिकटकमा जब बलिउडको चर्चित गीतलाई निकै नै सानदार र रोचक पुर्ण तरिकाले प्रस्तुत गर्छन् तब उनीहरुको कमेन्ट बक्समा उस्तै सानदार प्रतिकृयाहरु उनीहरुका फ्यानहरुले गरिरहेका हुन्छन् ।


Last Updated on: December 2nd, 2021 at 2:06 pm
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया