शुक्रबार १४ माघ २०७८

१६ मङ्सिर, काठमाडौं । आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौँबाट ज १२ प ५२२५ नम्बरको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका-३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो।

जनकपुर-ढल्केबर खण्डअन्तर्गत महेन्द्रनगरमा भएको दुर्घटनामा परी गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, दोलखामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।

५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने बताएको छ ।

यस्तै, बझाङमा ठूलो परिमाणमा चरेशसहित एक महिला पक्राउ परेकी छन्। जिल्ला सदरमुकाम चैनपुर बजार नजिकै रहेको डुग्री बजारबाट २५ किलो लागूऔषध चरेशसहित मंगलबार प्रहरीले एक महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन्। उनको किराना पसलमा चेकजाँज गर्दा लुकाई राखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले जाकारी दिए। प्रहरीले रोकायामाथि थप अनुसन्धान थालेको छ।


Last Updated on: December 2nd, 2021 at 4:06 pm
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया