आइतबार २१ जेठ २०८०

संक्रमित अत्याधिक भएका ठाउँमा काठमाडौँ महानगरले अघि बढायो टोल-टोलमा परीक्षण, कहाँ कहाँ हुन्छ परिक्षण ?
May 19, 2021 i news 13NewsNo Commenton संक्रमित अत्याधिक भएका ठाउँमा काठमाडौँ महानगरले अघि बढायो टोल-टोलमा परीक्षण, कहाँ कहाँ हुन्छ परिक्षण ?
काठमाडौ । महानगरको धेरै संक्रमित देखिएका ठाउँमा महानगरपालिकाले टोल टोलमै परिक्षण गर्ने भएको छ । धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ ।

कामपाले कोरोनाका बिरामी बढेसँगै पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याव टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकता अनुरूप टोली तयारी अवस्थामा रहेको छ । “ शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले बताए ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ ।


Last Updated on: May 19th, 2021 at 5:13 pm
५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया