
काठमाडौ । गायक हेमन्त राना मंगलबार प्रेमिकासँग बिहे बन्धनमा बाँधिएका छन् । अमेरिकाको पेन्सिलभेनियामा रहेकी प्रेमिका माया अधिकारीसँग उनले लगनगाँठो कसेका हुन् ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका राना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
उनले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए ।
नेपाली सांगितिक क्षेत्रमा एक पटक सबैले सुनेको गीत हो ‘सुन साइँली।’ गीतमा प्रयोग भएको ‘चालिस कटेसी रमाउला’ ले विभिन्न ट्रोल नै बने।
नेपालीहरु युवाहरुको वैदेशिक रोजगारीमा जानेको वेदनालाई टपक्क टिपेर गीतमार्फत प्रस्ट्याएपछि केही समय कम चर्चामा रहेका गायक हेमन्त रानालाई चर्चाको शीखरमा पुर्यायो।
हेमन्तसँगै उस्तै चर्चामा आए गीतको म्यूजिक भिडियोमा अभिनय गरेका कलाकारद्वय गौरव पहारी र मेनुका प्रधान।
आम नेपालीको पीडालाई म्यूजिक भिडियमा न्यायपूर्वक अभिनय गरेर सफलता पाएपछि उक्त टोलीले ‘साइँली’ नामको चलचित्र नै बनाउने घोषणा गरेका थिए ।