बुधबार २४ जेठ २०८०

दिपक मनाङेको अर्को रेकर्ड, एक महिना मै दुई पटक मन्त्री
May 19, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं, ५ जेठ । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ ।

यो संगै उनी एक महिनाको अवधिमै दोश्रो पटक मन्त्री हुने रेकर्ड सम्म राखेका छन । यस अघि उनले बैशाख १६ गते युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका थिए । तर त्यसको १० दिनमै पदमुक्त हुनु परेको थियो कारण कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैले नै राजिनामा दिएका थिए ।

आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ लिनेहरुमा किरण गुरुङ आर्थिक मामला तथा योजनामन्त्री छन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन विनाविभागीय मन्त्री छन् । उनीहरुलाई पछि मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्ताव छल्न २९ वैशाखमा राजीनामा दिएका थिए । उनलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

दिपक मनाङे ग्याङस्टरबाट मन्त्री

दोस्रोपटक मन्त्री नियुक्त दिपक मनाङेबारे देशभर चासो छ । उनी ग्याङस्टर पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । मनाङे स्वतन्त्र हैसियतमा छन् । तर, नेकपा एमालेसँग उनको निकटता छ । मनाङेको साथ मिलेकाले पृथ्वीसुब्बा गुरुङ्गको मुख्यमन्त्री पद जोगिएको थियो ।

सरकार २ दुई हप्तामै ढल्न सक्छ तर काम चाही गर्ने होः मन्त्री दिपक मनाङे

गण्डकीका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले यो सरकार दुई हप्तामा जान सक्ने बताएका छन्।

मन्त्रीको सपथ लिएपछि उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई समर्थन गर्ने बताए। ‘यो सरकार दुई हप्तामा जान सक्छ। दुई हप्ता भए पनि काम गर्ने हो। नयाँ मान्छे आउँदा पनि काम गर्नैपर्छ। मैले पृथ्वी दाइलाई सपोर्ट गर्नुपर्‍यो,’ उनले भने।

मन्त्री पद गए पनि आफू सांसदका रूपमा रहिरहने मनाङेले बताए। उनले दुई हप्तामा रिजल्ट ल्याउने समेत दाबी गरे। उनले भने, ‘मन्त्री पद जाला रे। सांसद जितेर आएको हो। सांसद पद त होला नि। म २ हप्ता, १० दिनमा रिजल्ट ल्याउँछु। सबैले सहयोग गर्नुहोला।’

खेलाडीलाई खेल्न मात्र नलगाउने भन्दै उनले जीविकोपार्जन गर्न पनि सघाउने प्रतिवद्धता जनाए। ‘मनाङ मर्स्याङ्दी चलाउँदा मलाई आइडिया आएको थियो, अहिले खेलाडीले नै ५ मिनेटमा आइडिया दिन्छ’, मनाङेले भने, ‘हामीले काम गर्नुपर्छ।’ खेलाडीको भविष्य सुरक्षित पार्न उनीहरूसँगै सल्लाह गर्ने समेत उनले बताए।

खेलाडीले पनि कर तिर्ने भन्दै उनीहरूले तिरेको कर सही ठाउँमा प्रयोग गर्नुपर्ने मनाङेले बताए। ‘ट्याक्स उनीहरूले तिरेको हो, हामीले सही ठाउँमा प्रयोग गर्नुपर्छ’, मनाङेले भने, ‘दालभात खाएर मासुभात खाएर मात्र हुँदैन।’ स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट चुनाव जितेका मनाङेले आफू एमालेसँगै लडेर चुनाव जितेको समेत बताए।

दिपक मनाङ्गेको विश्व रेकड, १० दिनमै मन्त्री पद चैट

१० दिनअघि युवा तथा खेलकुदमन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङ) को पद गएको छ । पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै मनाङे युवा तथा खेलकुदमन्त्रीबाट स्वतः पदमुक्त भएका छन् ।

१० दिनमै मन्त्री पद गुमाएका दिपक मनाङ्गेले कुनै किसिमले (विश्व रेकर्ड) पनि राखेको हुन सक्ने अनुमान गर्न सकिन्छ । हुन त अहिले यो (विश्व रेकर्ड) भनेर भन्नलाई ठ्याकै तथ्याकं छैन तर मन्त्री पद सम्हालेको १० दिनमै पद गुमाउने उनि विश्वकै थोरै मध्ये अथवा एक्लो व्यक्ति पनि बन्न सक्छन ।

मनाङेले गत १६ वैशाखमा पद तथा गोपनियताका शपथ लिएका थिए । उनलाई मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर इच्छाअनुसारकै मन्त्रालय दिएका थिए । आफ्नो सरकार जोगाउने प्रयास स्वरुप मुख्यमन्त्रीले मनाङले मन्त्री बनाएका थिए ।


Last Updated on: May 19th, 2021 at 8:02 pm
१०९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया