शुक्रबार १४ माघ २०७८

यहाँस्थित जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ ।

सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिनुभयो ।

विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक सुत्केरीको हवाइ उद्धार गरिएको बताइएको छ ।

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

 

उनीहरूलाई शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको हो । हाल ती देशबाट नेपालतर्फ आउने क्रममा बाटोमा रहेका यात्रुलाई भने अनिवार्य क्वारेन्टीनमा राखिने बताइएको छ । यसबारेमा मन्त्रिपरिषद्को निर्णयहरू सार्वजनिक हुन भने बाँकी नै छ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले उनीहरूलाई नेपाल प्रवेशमा कडाइ गरिएको हो । बिहीबार मात्रै छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका २ वटा केसहरू भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका पूर्वप्रवक्ता डा जागेश्वर गौतमले भारतमा नयाँ भेरियन्ट भेटिएको केही समयमा नै नेपाल आउने बताइसकेका छन् ।


Last Updated on: December 4th, 2021 at 2:19 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया