शुक्रबार १४ माघ २०७८

आलिया भट्ट र रणवीर कपूर का फ्यानहरुले उनीहरुको विवाहको निकै बेग्रताका साथ प्रतिक्षा गरिररहेका छन्। यो जोडीले अर्को वर्ष बिहे गर्ने चर्चा छ ।

यसैक्रममा सामाजिक सञ्जालमा रणवीर कपुर र आलिया भट्टको एउटा भिडियो निकै भाइरल बनिरहेको छ । जसलाई देखेर प्रयोगकर्ताहरु आ क्रोशित भएका छन् ।

भिडियोमा रणबीरले आलियाको लेहेंगा खुट्टाले हटाएको देख्न सकिन्छ, जसलाई लिएर प्रयोगकर्ताहरू आ क्रोशित भएका छन्।

जुन देखेर फ्यानहरू छक्क परेका छन् । यो भिडियो दीपावलीको हो । त्यसबेला रणवीर र आलिया काली पूजाको लागि पण्डलमा पुगेका थिए ।

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

 

उनीहरूलाई शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको हो । हाल ती देशबाट नेपालतर्फ आउने क्रममा बाटोमा रहेका यात्रुलाई भने अनिवार्य क्वारेन्टीनमा राखिने बताइएको छ । यसबारेमा मन्त्रिपरिषद्को निर्णयहरू सार्वजनिक हुन भने बाँकी नै छ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले उनीहरूलाई नेपाल प्रवेशमा कडाइ गरिएको हो । बिहीबार मात्रै छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका २ वटा केसहरू भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका पूर्वप्रवक्ता डा जागेश्वर गौतमले भारतमा नयाँ भेरियन्ट भेटिएको केही समयमा नै नेपाल आउने बताइसकेका छन् ।


Last Updated on: December 4th, 2021 at 2:48 pm
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया