
माछाको रक्षा नाग नागीनले गरेका छन् भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । त्यो पनि नेपालमै । काठमाण्डौबाट झण्डै २ किलोमिटर पर चोभार भनिने ठाउँमा एउटा यस्तो पोखरी छ जहाँ माछाको रक्षा त्यस पोखरीमा भएको नागराजा र नागरानीले गर्ने गर्दछन् ।
टौदह भन्ने ठाउँमा रहेको उक्त पोखरीलाई कर्काटक नागराजा र नागरानीको नामले परिचित छ । यो पोखरीको बारेमा त्याहाँका स्थानीयहरुले जे भन्छन् त्यो कुरा सुन्दा सबैलाई अचम्म त लाग्छ नै साथै मनमा एक प्रकारको खुल्दुली र डर उत्पन्न भई दिन्छ ।
त्याहाँका स्थानीयको भनाई अनुसार त्यस पोखरीमा भएका माछाहरुलाई एक जोडी नाग नागीन्ले रक्षा गरिरहेका छन् । एउटा अचम्मको कुरा त के भनेका छन् स्थानीयले भने ३ मुखे नाग छन् जस्ले याहाँको प्रत्येक एक एक माछोको रक्षा वर्षौंदेखि गर्दै आईरहेका छन् ।
को हुन् त त्यसरी माछाको रक्षा गर्ने नाग नागीन् भन्ने प्रश्नमा स्थानीयले भन्छन्,‘काठमाण्डौ खाल्डोमा जेमेको पानीलाई मञ्जु श्रीले चोभारको पहाडबाट काटेर बगाएपछि त्यसैबाट यो पोखरीको इतिहाँस शुरु भएको हो । र त्यही समयदेखि नै यी नाग नागीन्को कहानी शुरु भएको हो ।’
स्थानीय भन्छन्,‘यो पोखरीबाट कसैले पनि एउटा मात्र माछा झिकेर यदि लगेको छ भने त्यो मानिसको घरमा सर्पै सर्पले घेर्न पुग्दछन् । र त्यो मानिस पानीबाट झिकिएको माछा जसरी छट्पटाउँदछ त्यसरी ने छट्पटाएर मर्दछ ।
पोखरीको बारेमा जुन प्रकारको एउटा भनाई छ त्यसलाई स्थानीयले वर्षौंदेखि मान्दै र अनुशरण गर्दै आईरहेका छन् । पोखरीमा भएका माछाहरुलाई त्याहाँका स्थानियले चारो हाल्छन् तर नागराजा र नागरानीको डरले झिकेर भने खाँदैनन् । माछा र नाग नागीन्को वास्तविक कथालाई स्थानियहरु यसरी बताउँछन् । भिडियोसहित